बीपी पछि पार्टीको घोषणा पत्र लेख्ने सभापति गगन मात्र हुन : शंकर तिवारी
काठमाडौं । बीपी कोइराला पछि नेपालको मुख्य दलमा पार्टी सभापति आफैले घोषणापत्र लेख्ने व्यक्ति कांग्रेसका सभापति गगनकुमार थापा बन्ने भएका छन् । कांग्रेस युवा नेता शंकर तिवारीले निर्वाचन लक्षित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा स्याङ्जाको क्षेत्र नम्बर १ पुतली बजार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन्। तिवारीले अगाडि...
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरू
काठमाडौँ, २६ माघ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरू गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको...
बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
खोटाङ, २६ माघ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो टोली घटनास्थल दिप्लुङ...
काठमाडौँ–७ का उम्मेदवारको प्राथमिकता : स्थानीयका माग र मुद्दा सम्बोधन
बुनु थारु काठमाडौँ, २६ माघ । सुगमताका हिसाबले राजधानीको सहरी क्षेत्र रहेर पनि न्यूनतम आधारभूत खानेपानी, ढल निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौँ निवार्चन क्षेत्र नम्बर ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...
जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय
काठमाडौँ, २६ माघ । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थप गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले उक्त आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले...
संसद् विघटनले विधायन प्रक्रिया प्रभावित : मन्त्री सिन्हा
काठमाडौँ, २६ माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र सङ्घीय प्रणालीअनुसार कानुन सुधार निरन्तर...
काठमाडौँका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली
झापा, २६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको जनताले नपत्याउने अवस्था भएपछि बालेन (बालेन्द्र साह) झापातिर आएको बताउनुभएको छ । सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौँमा जितिसकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले...
नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छ : दाहाल
काठमाडौँ, २६ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताउनुभएको छ । नेकपा काठमाडौँ क्षेत्र नम्बर ५ ले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिस्ट पार्टीको निर्माण भएको बताउनुभयो...
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
धर्मेन्द्र झा काठमाडौँ, २६ माघ । इतिहास साक्षी छ, काठमाडौँ उपत्यका रङ्गमञ्चीय प्रस्फूटनका लागि मल्लकालदेखि नै उर्बर भूमिका रुपमा स्थापित छ । मल्ल राजाहरु प्रताप मल्ल, जगज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, जगतप्रताप मल्ल आदिको समयमा मैथिली र नेपालभाषाको रङ्गमञ्चको विकास उत्कर्षमा थियो । मल्लकालको पतनपछि रङ्गमञ्चको विकासको गति केही रोकिन पुगेको...