Author: The Nepali Video

सुनचाँदीको मूल्य आज पनि बढ्यो
TNV News Update

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, २८ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रूपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रूपैयाँ कायम भएको छ ।...
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
TNV News Update

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत

खोटाङ, २८ माघ । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा  सात लाख रूपैयाँको अक्षयकोषबाट उनीहरूलाई जनही सात हजार रूपैयाँ...
रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
TNV News Update

रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन

रामेछाप, २८ माघ । रामेछापको मन्थली नगरपालिका–६ स्थिति तामाकोसी नदीमा मङ्गलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो ।...
जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते
TNV News Update

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ, २८ माघ । रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिप चालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना घाइतेलाई...
नुवाकोटमा गौरव गर्न लायक काम गरेको छु, मतदाताप्रति विश्वस्त छु : डा.महत [भिडिओ]
TNV News Update

नुवाकोटमा गौरव गर्न लायक काम गरेको छु, मतदाताप्रति विश्वस्त छु : डा.महत [भिडिओ]

काठमाडौँ, २८ माघ । नेपाली काङ्ग्रेसका नेता, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तरर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाशशरण महतले नुवाकोटलगायत देशभर काङ्ग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको प्रतिक्रिया दिनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले काङ्ग्रेसका उम्मेदवार र कार्यकर्ताहरु जनताका लागि सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा...
म राजनीतिमा आउँदिन : अभिनेता उप्रेती
TNV News Update

म राजनीतिमा आउँदिन : अभिनेता उप्रेती

काठमाडौँ, २७ माघ । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।...
जलस्रोत, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने कार्कीको प्रतिबद्धता
TNV News Update

जलस्रोत, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने कार्कीको प्रतिबद्धता

काठमाडौँ, २७ माघ । नेकपा (एमाले)का तर्फबाट सङ्खुवासभा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.अर्जुन कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चुनावी अभियानका क्रममा भोटखोला सङ्खुवासभामा आयोजित कार्यक्रममा बोल्दै डा.कार्कीले जलस्रोतको हिसाबले सङ्खुवासभा मुलुककै धनी जिल्लामध्ये पर्ने उल्लेख गर्नुभयो । उहाँले...
सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते
TNV News Update

सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते

तनहुँ, २७ माघ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को...
अस्वभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
TNV News Update

अस्वभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री

काठमाडौँ, २७ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री खनालले पूर्व तयारी...