Author: The Nepali Video

रास्वपाको सचिवालय बैठक बस्दै
TNV News Update

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका...
घान्द्रुकलाई एक फन्को
TNV News Update

घान्द्रुकलाई एक फन्को

राम थापा गण्डकी, २७ वैशाख । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ घान्दु्रकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् । करिब दुई घण्टाको हिँडाइमा प्रकृतिमय घान्द्रुकको आनन्द बटुल्छन् । देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा...
राजनीतिबाट नीतिसम्म : उद्योग, श्रम र उपभोक्ता हितमा रहबर अन्सारीको नयाँ मोडल
TNV News Update

राजनीतिबाट नीतिसम्म : उद्योग, श्रम र उपभोक्ता हितमा रहबर अन्सारीको नयाँ मोडल

काठमाडौँ, २७ वैशाख । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति बनेपछि रहबर अन्सारी अहिले संसदीय राजनीति, नीतिगत बहस र राज्य संयन्त्रबिच आफूलाई स्थापित गर्ने प्रयासमा हुनुहुन्छ । चुनाव जितेको केही महिनामै संसदीय समितिको नेतृत्वमा पुगेका अन्सारीले आफ्नो राजनीतिक यात्रालाई ‘तीव्र गतिमा अघि बढिरहेको प्रक्रिया’का रूपमा...
वैशाखमा मात्र लापर्बाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी
TNV News Update

वैशाखमा मात्र लापर्बाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

काठमाडौँ, २७ वैशाख । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापर्बाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले लापर्बाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालकको सवारी अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा...
दार्चुलामा ४.१ रेक्टर स्केलको भूकम्प
TNV News Update

दार्चुलामा ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, २७ वैशाख । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
TNV News Update

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषा, २७ वैशाख । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका...
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
TNV News Update

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

म्याग्दी, २७ वैशाख । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पीपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको...
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण
TNV News Update

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

नवीन लामिछाने मनाङ, २७ वैशाख । विश्वको साहसिक एवम् जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका...
बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या
TNV News Update

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर, २७ वैशाख । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि...