Author: The Nepali Video

भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
TNV News Update

भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ

काठमाडौँ, ६ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि जाइलाग्ने युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भइ काठमाडौँ महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । निजमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी...
सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते, ८ जना गम्भीर
TNV News Update

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते, ८ जना गम्भीर

भोजपुर, ६ फागुन । भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ । जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख...
सुदूरपश्चिमलाई स्वीट्जरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौँ : बालेन
TNV News Update

सुदूरपश्चिमलाई स्वीट्जरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौँ : बालेन

काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गर्नुभएको छ । रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम बनेको देश बनाउने सपना पूरा गर्ने शक्ति आफ्नो पार्टीसँग मात्र रहेको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य...
‘लोकतन्त्रका आधार नै युवा पुस्ता हुन्’
TNV News Update

‘लोकतन्त्रका आधार नै युवा पुस्ता हुन्’

विद्यादेवी भण्डारी काठमाडौँ, ६ फागुन । सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले...
अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री
TNV News Update

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी, ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड रूपैयाँ आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख रूपैयाँ मूल्य बराबरको...
पर्वमार्फत एकापसमा सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल
TNV News Update

पर्वमार्फत एकापसमा सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता,...
भोजपुरमा तेह्र पक्की पुल निर्माण
TNV News Update

भोजपुरमा तेह्र पक्की पुल निर्माण

भोजपुर, ६ फागुन । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख रूपैयाँ, आरीखोलामा तीन करोड रूपैयाँ, वेहेरे खोलामा तीन करोड ५० लाख रूपैयाँ, खाल्डे पिखुवा...
क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ : दाहाल
TNV News Update

क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ : दाहाल

रुकुमपूर्व, ६ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुग्नुभएको छ । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उहाँले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गर्नुभयो । संयोजक दाहाले भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका...
बहत्तर वर्षमा भुजेललाई नागरिकता
TNV News Update

बहत्तर वर्षमा भुजेललाई नागरिकता

तनहुँ, ६ फागुन । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उहाँलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक उहाँलाई सिफारिस गरेपछि नागरिकता प्रदान...