मतदातालाई ‘योग्य’ उम्मेदवार छनोटका लागि ‘मन्थन’ गर्न मौन अवधि
काठमाडौँ, १६ फागुन । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने भएकाले त्यसको पूर्णपालनाका लागि आग्रह गर्नुभएको छ । उहाँले निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्तिसुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्नका लागि वातावरण...
अरूण नदीको बेलीब्रिज भाँचियो
खाँदबारी, १६ फागुन । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर २ सेदुवा जोड्ने अरूण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ बजे सिमेन्ट बोकेको लोवेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक...
देशैभरबाट काङ्ग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ :
काठमाडौँ, १५ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले काङ्ग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताउनुभएको छ । शनिबार एक भिडिओ सन्देश जारी गर्दै उहाँले ऊर्जा प्राप्त भएको बताउनुभएको हो । “देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले काङ्ग्रेस रुपान्तरण गर्नुभयो । अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक...
मौन अवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ : आयुक्त राणा
काठमाडौँ, १६ फागुन । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन...
चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन्
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । चोक–चोकमा कोण सभासँगै र्यालीलगायतका कार्यक्रमको व्यस्तता छ । तर, शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरे फेदीमा रहेको धारापानी गाउँमा...
दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या
म्याग्दी, १६ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन । पुल नहुँदा धौलागिरि गाउँपालिकाको वडा नम्बर ३ दर र वडा...
दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’
प्रकाश सिलवाल र मधु शाही काठमाडौँ, १६ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिँदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको...
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाए : रवि लामिछाने
चितवन, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ । उहाँले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भन्नुभयो, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।” आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उहाँको भनाइ थियो...
आयोगका सचिव राउत भन्नुहुन्छ, ‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ’
काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक श्रृङ्खला ‘रासस पडकास्ट’मा उहाँले यस पटकको निर्वाचन हरेक नेपाली नागरिकले आफ्नो प्रतिनिधि चयन गर्ने महत्त्वपूर्ण अवसरका रुपमा रहेको बताउनुभयो । सचिव राउतले भन्नुभयो, “मुलुकमा...