फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
काठमाडौँ, १८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि...
उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय
कञ्चनपुर, १८ फागुन । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ । निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका ।...
प्रधान सेनापतिद्वारा मध्यपृतना मुख्यालयको निरीक्षण
काठमाडौँ, १७ फागुन । प्रधान सेनापति अशोकराज सिग्देलले आज हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ । त्यस क्रममा उहाँले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवम् समग्र वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले...
प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए
काठमाडौँ, १७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...
मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छ : सभापति थापा
नुवाकोट, १७ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आज आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले काङ्ग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताउनुभयो । “पाँच...
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
मधु शाही काठमाडौँ, १७ फागुन । बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै हुनुहुन्थ्यो । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उहाँ समयमै विमानस्थल पुग्नुभएको थियो । तर, उहाँ कतार जाने भने पाउनुभएन । विमानस्थलमा आएपछि उहाँलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो ।...
म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न
म्याग्दी, १७ फागुन । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले ६५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आगामी...
‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’
काठमाडौँ, १७ फागुन । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गर्नुभएको छ । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै आयुक्त तुलाधरले सबै तहका सरकार र...
नयाँपुस्ताका मतदाता भन्दछन्- ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
मध्यबिन्दु, १७ फागुन । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् । यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने...