आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौँ, २९ वैशाख । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा...
मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौँ, २८ वैशाख । नेपाल सरकार मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ...
मन्त्रीपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत
काठमाडौँ, २८ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय...
जनतालाई भाषण र नाराले मात्र प्रभाव पार्न सकिँदैन, व्यवहार र परिणाम चाहिन्छ : रहबर अन्सारी [भिडिओ]
मनिषा बस्नेत काठमाडौँ, २८ वैशाख । १६ वर्षसम्म माओवादी विचार र पार्टीमा रहेर मुलुक परिवर्तनको सपना देखेका एक युवा हुन् रहबर अन्सारी । तर, ती पार्टीमा आवद्ध नेताको व्यवहार र सिद्धान्तको खाडलमा उहाँ लामो समय टिक्न सक्नुभएन । त्यसपछि उहाँले नयाँ बाटो रोज्नुभयो । परिवर्तनको हुटहुटी बोकेर अन्सारी राष्ट्रिय स्वतन्त्र...
श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ
काठमाडौँ, २८ वैशाख । नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेशकुमार तामाङ र काठमाडौँ महानगरपालिका–९ का २९ वर्षीय प्रभातसिंह प्रधान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो...
नीति तथा कार्यक्रममा डिजिटल नेपालदेखि ‘एआई’ नीति
काठमाडौंँ, २८ वैशाख । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, हुलाक, मुद्रण तथा चलचित्र क्षेत्रलाई संरचनात्मक सुधारमार्फत आधुनिक, पारदर्शी र परिणाममुखी बनाउने घोषणा गरेको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुरुप...
छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…
म्याग्दी, २८ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ । धैलागिरि गाउँपालिकाले सञ्चालन गरेको गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामा निर्माण व्यवसायीले त्रुटि गरेको भेटिएपछि भत्काएर पुनर्निर्माण गर्न लगाइएको हो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष...
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी
भक्तपुर, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “सरकारले वैशाख...
सुधारिएको करेसाबारीले डोर्याउँदै छ आत्मनिर्भरको बाटो
राधिका बुढाथोकी सिन्धुली, २८ वैशाख । केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे तर अहिले अवस्था फेरिएको छ । भान्सामा भित्रिने अधिकांश तरकारी बजारबाट आउँछन्, जहाँ उत्पादन बढाउने होडमा रासायनिक मलखाद र कीटनाशक औषधिको अत्यधिक प्रयोग भइरहेको छ । विषादीयुक्त सागसब्जी हाम्रो दैनिक भोजनसँगै शरीरभित्र पुगिरहेको...