Author: The Nepali Video

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
TNV News Update

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौँ, १३ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिनुभयो ।...
काङ्ग्रेसको आन्तरिक मतभेद्‌लाई म आफैँ पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको छु : निधि [भिडिओ]
TNV News Update

काङ्ग्रेसको आन्तरिक मतभेद्‌लाई म आफैँ पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको छु : निधि [भिडिओ]

जनकपुर, १३ फागुन । नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले काङ्ग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताउनुभएको छ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनुभएका नेता निधिले काङ्ग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताउनुभयो । “अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि...
बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : उपाध्यक्ष घिमिरे
TNV News Update

बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : उपाध्यक्ष घिमिरे

काठमाडौँँ, १३ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले ६ वर्षे राजनीतिक कार्यअनुभव पूरा गर्न लाग्दा कानुन निर्माण र संसद्‌ सञ्चालन व्यवस्थापनबारे महत्त्वपूर्ण अनुभव हासिल गरेको बताउनुभएको छ । फागुन २० गते राष्ट्रिय सभाबाट आफ्नो दुई वर्षे कार्यकाल सकिन लागेकै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय सभामा काम गर्दाको...
यस्ता छन् मन्त्रीपरिषद्का निर्णय
TNV News Update

यस्ता छन् मन्त्रीपरिषद्का निर्णय

काठमाडौँ, १३ फागुन । मन्त्रीपरिषद्को यही फागुन १२ गतेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुइजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो । बैठकले...
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
TNV News Update

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ, १३ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष...
पिताको किरिया सकेर सेतो वस्त्रमै जनताको आँगनमा
TNV News Update

पिताको किरिया सकेर सेतो वस्त्रमै जनताको आँगनमा

जुनु भट्टराई विराटनगर, १३ फागुन । राजनीतिलाई अक्सर शक्ति, सत्ता र दाउपेचको कथाहरूका रूपमा सुनिन्छ, तर यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा एउटा अर्कै मानवीय संवेदना र कर्तव्यको मर्मस्पर्शी कथा कोरिएको छ । शरीरमा सेतो सुतीको वस्त्र, खुट्टामा चप्पल र अनुहारमा बुबा गुमाउँदाको गहिरो शोक । तर, यी...
मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग
TNV News Update

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

तनहुँ, १३ फागुन । दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सडकको अवस्था सुध्रिएको छैन । वर्षायाममा हिलोले...
‘फेक रेस्क्यु’मा संलग्न थप दुई जना पक्राउ
TNV News Update

‘फेक रेस्क्यु’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौँ, १३ फागुन । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यु’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका...
मैवाखोलाद्वारा किबीका बिरुवा वितरण
TNV News Update

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

फुङ्लिङ, १३ फागुन । मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ । ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार इलाम जिल्लाबाट खरिद गरी हे–वार्ड जातका किबीका बिरुवा वितरण गरिएको हो । किबीखेती गर्न इच्छुक गाउँपालिकाभित्रका किसानबाट...