बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : उपाध्यक्ष घिमिरे

काठमाडौँँ, १३ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले ६ वर्षे राजनीतिक कार्यअनुभव पूरा गर्न लाग्दा कानुन निर्माण र संसद्‌ सञ्चालन व्यवस्थापनबारे महत्त्वपूर्ण अनुभव हासिल गरेको बताउनुभएको छ । फागुन २० गते राष्ट्रिय सभाबाट आफ्नो दुई वर्षे कार्यकाल सकिन लागेकै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय सभामा काम गर्दाको अनुभव साझा गर्नुभएको हो । उहाँले गरिमामय सदनमा प्रवेश गरेपछि राष्ट्रिय सभालाई अनुभवी र विज्ञहरूको सभा भनिने भएकाले आफूले जिम्मेवार र संयमित ढङ्गले अभिव्यक्ति दिने प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कानुन निर्माणको प्रक्रिया र संसद्‌ सञ्चालनको व्यवस्थापनको सन्दर्भको अनुभव मैले लिएको छु । मैले व्यक्तिगत र सामूहिक हिसावले दुई प्रकारका कामहरु गरेको छु । गरिमामय सदनमा आइसकेपछि अनुभवी र विज्ञको सभा भन्छन् राष्ट्रिय सभालाई । खासगरी राष्ट्र, राष्ट्रियता र संघीयताप्रति बढी उत्तरदायी भएर काम गर्ने संस्थामा म आइरहँदाखेरि निश्चित कुरा मात्र बोल्नुपर्छ भन्ने लाग्यो । आफूले जिम्मेवार र संयमित ढङ्गले अभिव्यक्ति दिने प्रयास सधैँ गरे ।” उपाध्यक्ष घिमिरेले...

बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : उपाध्यक्ष घिमिरे

काठमाडौँँ, १३ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले ६ वर्षे राजनीतिक कार्यअनुभव पूरा गर्न लाग्दा कानुन निर्माण र संसद्‌ सञ्चालन व्यवस्थापनबारे महत्त्वपूर्ण अनुभव हासिल गरेको बताउनुभएको छ ।

फागुन २० गते राष्ट्रिय सभाबाट आफ्नो दुई वर्षे कार्यकाल सकिन लागेकै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय सभामा काम गर्दाको अनुभव साझा गर्नुभएको हो ।

उहाँले गरिमामय सदनमा प्रवेश गरेपछि राष्ट्रिय सभालाई अनुभवी र विज्ञहरूको सभा भनिने भएकाले आफूले जिम्मेवार र संयमित ढङ्गले अभिव्यक्ति दिने प्रयास गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “कानुन निर्माणको प्रक्रिया र संसद्‌ सञ्चालनको व्यवस्थापनको सन्दर्भको अनुभव मैले लिएको छु । मैले व्यक्तिगत र सामूहिक हिसावले दुई प्रकारका कामहरु गरेको छु । गरिमामय सदनमा आइसकेपछि अनुभवी र विज्ञको सभा भन्छन् राष्ट्रिय सभालाई । खासगरी राष्ट्र, राष्ट्रियता र संघीयताप्रति बढी उत्तरदायी भएर काम गर्ने संस्थामा म आइरहँदाखेरि निश्चित कुरा मात्र बोल्नुपर्छ भन्ने लाग्यो । आफूले जिम्मेवार र संयमित ढङ्गले अभिव्यक्ति दिने प्रयास सधैँ गरे ।”

उपाध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा व्यक्तिगत तथा सामूहिक रूपमा दुई प्रकारका काम गरेको बताउँदै कानुन निर्माण प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राष्ट्रिय सभामा हाल ३८ भन्दा बढी विधेयक दर्ता भएको समेत जानकारी दिनुभयो ।

उहाँले बाँकी रहेका कानुनहरूको निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह तथा मौलिक अधिकारसम्बन्धी कानुनहरूलाई सरकारले यथाशीघ्र सदनमा प्रस्तुत गरी छलफलमार्फत छिटोछरितो रूपमा पारित गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सभामा अहिले ३८ वटाभन्दा बढी विधेयकहरु दर्ता भएको देखिन्छ । अब जुन बाँकी रहेका कानुनहरु निर्माण प्रक्रियालाई गति दिनुपर्छ । जनतासँग सेवा प्रवाह, मौलिक अधिकारसम्बन्धी जति पनि कानुन छन् तिनीहरुलाई जतिसक्दो छिटो सरकारले सदनमा ल्याएर छलफल गराएर छिटो छरितो कानुन निर्माण गर्ने कुरामा हामी जानुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *