निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौँ, २० फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको...
नेप्से परिसूचक ३८ अङ्कले बढ्यो
काठमाडौँ, १९ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९...
‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’
मधु शाही काठमाडौँ, १९ फागुन । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चक्कर लगाइरहनुभएको छ । दिनहुँ विमानस्थल पुग्नुहुन्छ, उडान रद्ध भएको सूचना पाएसँगै निराश भएर फर्किनुहुन्छ...
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ, १९ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेसँग आज भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिनुभएको हो । फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा...
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
राजेश विद्रोही काठमाडौँ, १९ फागुन । फागुन महिना लागेसँगै वैवाहिक लगनगाँठोको मौसम सुरू भएको छ । समाजले सहजै स्वीकार्ने अनेक प्रकारका विवाह यस अवधिमा देखिन्छ–स्वजातीय विवाह, अभिभावक र आफन्तको रोजाइमा हुने विवाह, दाइजो प्रथामा आधारित विवाह, यहाँसम्म कि बालविवाह पनि । यी सबै खालका विवाहलाई समाजले सामाजिक विवाहका रूपमा सामान्य...
धनुषामा बिस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते
जनकपुर, १९ फागुन । धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा बिस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएको छ । बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछि उक्त वस्तु बिस्फोट भएको हो । बिस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा...
कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
ललितपुर, १९ फागुन । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । “हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ,...
धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’को उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४...
मौन अवधि उल्लङ्घन गरे के कारबाही हुन्छ ?
काठमाडौँ, १९ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को अवसरमा लागु भएको निर्वाचन मौन अवधिमा के–के गर्न नहुने विषयमा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ । निर्वाचन मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा मतदाताले प्रचारप्रसार र सभा–समारोहमा रोक, मतदान केन्द्र वरिपरिको शान्ति भङ्ग गर्ने, भय वा त्रास सिर्जना गर्ने...