कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
काठमाडौँ, २० फागुन । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आवश्यक सहयोग र...
किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?
आकाङ्क्षा धामी काठमाडौँ, २० फागुन । नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् । दलीय राजनीतिभन्दा माथि रहने संवैधानिक पद भएकाले निष्पक्षता र पदको गरिमा कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहने परम्परा रहेको छ । संविधानअनुसार राष्ट्रपति...
देवघाटमा देखियो घडियाल गोही
चितवन, २० फागुन । गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिनुभयो...
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरू
म्याग्दी, २० फागुन । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुङ्गाको स्ल्याप बिछ्याउन थालिएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाइ पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो...
सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच
सविता केसी काठमाडौँ, २० फागुन । अन्तर्राष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभइ समाज रूपान्तरणमा महिलाको योगदानको सम्मान गर्ने विशेष अवसर पनि हो । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा पनि महिलाहरूले चिकित्सक, नर्स, नेत्र सहायक, स्वास्थ्य स्वयंसेविका, व्यवस्थापक तथा नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । दुर्गम...
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
पर्सा, २० फागुन । पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मनोज कुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो...
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
रुपन्देही, २० फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ । प्रहरी महानिरीक्षक...
सत्कारले लोभिन्छन् घरबासका पाहुना
बागलुङ, २० फागुन । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आउनुभएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत...
तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
तनहुँ, २० फागुन । तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् । नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका...