‘पत्रकार महासंघको गरिमा जोगाउँछौँ, विधि विधानमा चलाउँछौँ’
काठमाडौँ, २४ मंसिर । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफूहरु डटेर लाग्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्षमा उम्मेदवारी दिनुभएकी निर्मला शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई...
म समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड
काठमाडौँ, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ । समाजसेवी एवम् भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवाद निर्माणको...
प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयो : अर्थमन्त्री पौडेल
काठमाडौँ, २३ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो प्रदर्शनीमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर प्रचार भएकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,‘यसमा सच्चाइको एउटा सानो अंश पनि छैन...
दमक भ्यू टावर विकासको नमुना हो : प्रधानमन्त्री ओली
झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स (दमक भ्यू टावर) विकासको नमूना भएको बताउनुभएको छ । उहाँले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने नमुनाका रुपमा भ्यू टावरलाई लिन सकिने बताउनुभयो । बाक्लो जनसहभागितामा एकसय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै...
जलश्रोतको दोस्रो धनी देश भएर पनि खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : मन्त्री यादव
काठमाडौँ, २३ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनी देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुःखद् रहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशनसहितको छैठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सुरक्षित खानेपानी आपूर्ति...
देवताले नसकेको युद्घ देवीले जितिन् तर महिनावारीको बेला देवीकै मन्दिर जान नदिनु दुःखद् : तुलसा दाहाल
काठमाडौँ, २३ मंसिर । विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताउनुभएको छ । आइतबार छैठौँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उहाँले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरि सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले...
जनकपुरसँग लुम्बिनी स्तब्ध
काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो । यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ । जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले...
कोशीका पूर्वमन्त्री अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदै
काठमाडौँ, २३ मंसिर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ । जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सो काण्डमा मुछिएका अन्य ११...
कर्णाली याक्सले विराटनगर किंग्सलाई हरायो
काठमाडौँ, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि निकोसल किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र...