आफ्नो लागि नभइ हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : डा.कोइराला
काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताउनुभएको छ । बुुधबार स्व.राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले बिपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताउनुभयो ।...
राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : ईश्वर पोखरेल
काठमाडौँ, १० पुस । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो । उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर...
एआईसम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
काठमाडौँ, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईको प्रयोगसम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्नुहुँदै उहाँले एआईको प्रयोगसम्बन्धी पोलिसी ल्याएर त्यसलगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
काठमाडौँ, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्न सकिने बताउनुभएको छ । बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव,...
क्रिसमस हरेकले मनाउन मिल्छ तर अर्थ बुझेर मनाउनुपर्छ : डा.बालकृष्ण शर्मा [भिडिओ]
आकांक्षा धामी काठमाडौँ, १० पुस । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रीष्ट भेला भन्ने जनाउँछ । क्रिसमस सबैभन्दा पहिले ईसापूर्व ३३६ अर्थात् चौथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येशू) ख्रीष्टको जन्म...
हालको सरकारप्रति जनता सन्तुष्ट छैनन् : डा.संग्रौला
बुटबल, ९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गर्नुभयो । तत्काल संविधान संशोधनको...
पीडितहरु जिम्मेवार हुने र सरकार गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको छ : देवी खड्का
काठमाडौँ, ९ पुस । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले पीडितहरु जिम्मेवार हुने र सरकार चाहिँ गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारले बाहानाबाजी मात्रै गर्ने काम गरिरहेको भन्दै मानव अधिकार आयोगले पनि ठुलो सेटिङको कसरत गर्यो भन्ने...
भलिबल फ्रेन्चाइज लिगको लोगो सार्वजनिक
काठमाडौँ, ९ पुस । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को लोगो सार्वजनिक गरिएको छ । मंगलबार केडिया ग्रुपले काठमाडौँमा आयाजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही...
‘मुख्य सचिव भइसकेकाहरुले दलको झोला बोक्ने हो ?’
काठमाडौँ, ९ पुस । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसकेको आरोप लगाउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग...