दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो : बालेन
काठमाडौँ, १२ पुस । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले ५०औँ वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रक्रियामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताउनुभयो...
शिक्षालाई व्यावसायिक र रोजगारमुखी बनाउनुपर्छ : मुख्यमन्त्री लामा
मकवानपुर, १२ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको बिजनेस इन्कुवेसन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले समय अनुकूल गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षालाई अंगाल्नु पर्ने अनिवार्य आवश्यकता रहेको बताउनुभयो । मुख्यमन्त्री लामाले वर्तमान समयमा...
मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छ : मन्त्री सिंह
काठमाडौँ, १२ पुस । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताउनुभएको छ । शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उद्घाटन समारोहमा उहाँले महोत्सवमा सबै मौलिक सामानहरु रहेको भन्दै यसबाट देशको अर्थतन्त्र पनि सुधार हुने बताउनुभयो । यसका साथै, काम गर्ने इच्छा भए...
राष्ट्र बैंकले गर्यो तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौँ, १२ पुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ । राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेसनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ । कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र...
आज पनि रवि लामिछानेको बयान हुँदै
पोखरा, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोदेखि सुरु भएको बयान २ घन्टासम्म चलेको थियो । मंगलबार अबेर गोर्खा...
स्थानीय सरकारका कारण इँटाभट्टा उद्योगीहरु समस्यामा छन् : नातिभाइ ह्योम्वा [भिडिओ]
इँटाभट्टा उद्योगीहरुले विगत झैँ यसवर्ष पनि इँटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरी इँटाभट्टामा इँटा पोल्न आगो लगाउने तयारी गरेका हुन् । व्यवसायीले करिब पाँच महिना निरन्तर इँटा पोल्ने बताएका छन् । यसै सिलसिलामा २०४६ सालदेखि इँटा उद्योग चलाइरहनुभएका भक्तपुर नगरपालिका–९ का नातिभाइ...
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन
काठमाडौँ, १२ पुस । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारको क्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो । मनमोहन सिंह भारतका विद्वान र बौद्धिक नेताको रूपमा परिचित छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका...
जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै जुट्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका...
‘देववाणी’मा मिटरब्याजीका पीडा : अभिनेता र अभिनेत्री प्रचारमा व्यस्त
काठमाडौँ, ११ पुस । बुधबारदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आएको छ । क्रिसमसको अवसर पारेर चलचित्र ‘देववाणी’ प्रदर्शनमा आएको हो । फिल्मको प्रचार प्रसारका लागि उक्त फिल्मका भारतीय अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा काठमाडौँमा आइसकेका छन् । बाबु साहेब बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको...