Author: Admin

बेवारिसे बन्यो सिन्धुलीगढी दरबार
TNV News Update

बेवारिसे बन्यो सिन्धुलीगढी दरबार

नवराज पथिक रामेछाप, १९ पुस । नेपाली वीरगाथा बोकेको सिन्धुलीको सिन्धुलीगढीस्थित गढी (रानी) दरबार संरक्षण नहुँदा बेवारिसे बनेको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले भत्किएको गढी दरबारको पुनर्निर्माण गरेको भए पनि संरक्षण नगर्दा पुनःजीर्ण बन्ने क्रम सुरु भएको छ । पुरानो दरबार भत्किएपछि सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार चार...
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री ओली
TNV News Update

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ । कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘सी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औंचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले...
नेपाललाई विश्वसामु चिनाउने सपना पूरा भएको छ : कीर्तिमानी आरोरोही शेर्पा
TNV News Update

नेपाललाई विश्वसामु चिनाउने सपना पूरा भएको छ : कीर्तिमानी आरोरोही शेर्पा

काठमाडौँ, १९ पुस । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किनुभएको छ । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै ८ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किनुभएका उहाँलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका...
‘सत्तामा हुँदा धर्म बिर्सने र बाहिर जानेबित्तिकै पवित्र ठान्ने प्रवृत्ति छ’
TNV News Update

‘सत्तामा हुँदा धर्म बिर्सने र बाहिर जानेबित्तिकै पवित्र ठान्ने प्रवृत्ति छ’

काठमाडौँ, १९ पुस । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबैभन्दा बढी पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै उहाँले एकले अर्कोलाई दोष लगाउने खेलहरु भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणका...
उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्यो : प्रचण्ड
TNV News Update

उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्यो : प्रचण्ड

काठमाडौँ, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेको यो आगामी निर्वाचनका लागि महत्त्वपूर्ण संकेत भएको बताउनुभएको छ । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरुसँगको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको...
सांसद ढकाल र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता
TNV News Update

सांसद ढकाल र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौँ, १९ पुस । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनुभएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । काठमाडौँको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्वराष्टपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गर्नुभएकोमा धन्यवाद...
सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड
TNV News Update

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड

काठमाडौँ, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभयो ।...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
TNV News Update

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ, १९ पुस । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ...
आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक हो : डा.प्रतिक वाग्ले [भिडिओ]
TNV News Update

आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक हो : डा.प्रतिक वाग्ले [भिडिओ]

प्रमिला कार्की डा.प्रतिक वाग्ले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा कार्यरत हुनुहुन्छ । पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञका रुपमा सक्रिय उहाँ सन् २००७ देखि सोही अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिरहनु भएको छ । फोक्सो रोगीको चेकजाँच साथै सघन कक्षमा पनि जिम्मेवारीमा रहनुभएका उहाँसँग नेपाल न्यूज बैंकले जाडो याममा...