Author: Admin

कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौँ : गगन थापा
TNV News Update

कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौँ : गगन थापा

काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताउनुभएको छ । शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पञ्चायतको प्रतिबन्धित कालमा...
गायक सविन श्रेष्ठको ‘बिहानीको किरण’ सार्वजनिक
TNV News Update

गायक सविन श्रेष्ठको ‘बिहानीको किरण’ सार्वजनिक

काठमाडौँ, २० पुस । गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । गीतमा उहाँकै शब्द र संगीत छ । गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ ।...
सबैले काम गर्ने तरिका परिवर्तन गर्नुपर्छ : मन्त्री गुरूङ
TNV News Update

सबैले काम गर्ने तरिका परिवर्तन गर्नुपर्छ : मन्त्री गुरूङ

काठमाडौँ, २० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले काम गर्ने तरिका सबैले परिवर्तन गरे मात्र विकास हुने बताउनुभएको छ । शनिबार दिगो पर्यटन सहकारी संस्था लिमिटेडको १४औँ बार्षिक साधारण सभामा बोल्नुहुँदै उहाँले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान...
ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ
TNV News Update

ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

रौतहट, २० पुस । रौतहट प्रहरीले १६ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय रौतहट र मातहतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । रौतहट प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ बस्ने ५२...
शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने
TNV News Update

शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने हुनुभएको छ । उहाँले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्न लाग्नुभएको हो । संसद्को त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य...
काठमाडौँ महानगरले जाडो बिदामा शिक्षकहरुलाई तालिम दिने
TNV News Update

काठमाडौँ महानगरले जाडो बिदामा शिक्षकहरुलाई तालिम दिने

काठमाडौँ, २० पुस । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आह्वान गरेको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराएर शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको हो । सहरी...
पोखराबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ
TNV News Update

पोखराबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ

पोखरा, २० पुस । पोखराबाट अवैध लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् । गएको बिहीबार राति नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर...
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिबादीका कानुन व्यवसायीहरुले देखाए सरकारी अभियोजनका कमजोरीहरू
TNV News Update

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिबादीका कानुन व्यवसायीहरुले देखाए सरकारी अभियोजनका कमजोरीहरू

पोखरा, २० पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरुको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले मुद्दा दर्ता हुनुपर्ने हदम्याद नाघेर अदालतमा मुद्दा दर्ता भएको जिकिर मात्र गरेनन्, अवैध तरिकाले सहकारीको रकम गएको भनिएको गोर्खा मिडिया प्रालिलाई प्रतिवादी बनाउनु पर्नेमा सञ्चालकहरुलाई प्रतिवादी बनाएर सरकारी पक्षले त्रुटि गरेको दाबी गरेका...
मधेसी दलहरुबीच सहकार्यका लागि जनता प्रगतिशीलको वार्ता टोलीको दौडधुप
TNV News Update

मधेसी दलहरुबीच सहकार्यका लागि जनता प्रगतिशीलको वार्ता टोलीको दौडधुप

काठमाडौँ, १९ पुस । तराई–मधेस केन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ । जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता...