Author: Admin

रवि लामिछानेलगायत ७ जनालाई धरौटीमा छाड्ने जिल्लाको आदेशमा उच्चले माग्यो ‘कैफियत प्रतिवेदन’
TNV News Update

रवि लामिछानेलगायत ७ जनालाई धरौटीमा छाड्ने जिल्लाको आदेशमा उच्चले माग्यो ‘कैफियत प्रतिवेदन’

पोखरा, ८ माघ । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो । उक्त इजलाशले लामिछानेलगायतका प्रतिबादीहरुलाई छाड्नुको...
हर्क साम्पाङले भने- ‘प्रधानमन्त्रीले मसँग फेस गर्न सकेनन्’
TNV News Update

हर्क साम्पाङले भने- ‘प्रधानमन्त्रीले मसँग फेस गर्न सकेनन्’

काठमाडौँ, ८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिनुभएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुग्नुभएका उहाँले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि साम्पाङले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘केपी ओलीले फेस गर्न सकेनन्,...
निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौँ : रवि सिंह
TNV News Update

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौँ : रवि सिंह

काठमाडौँ, ८ माघ । नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला आन्दोलनमा छ । काठमाडौँमा गत पुस २७ गते सम्पन्न राष्ट्रिय भेलामार्फत् १४ बुँदे माग राखेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । यहीँ सिलसिलामा माघ ३ देखि ७ गतेसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्ष, सम्बन्धित संघीय सरकारी निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम...
आगामी चुनाव देउवाको नेतृत्वमा सम्पन्न हुन्छ : मन्त्री सिंह
TNV News Update

आगामी चुनाव देउवाको नेतृत्वमा सम्पन्न हुन्छ : मन्त्री सिंह

बागलुङ, ८ माघ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताउनुभएको छ । मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताउनुभयो । विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले...
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ
TNV News Update

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमको सुरुवात गर्नुभएको छ । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गर्नुभएको...
अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा वृद्धि
TNV News Update

अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा वृद्धि

दान बहादुर बुढा मुगु, ८ माघ । चर्चित पर्यटकीयस्थल रारामा पर्यटकको चहलपहल बढेको छ । समुन्द्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो । दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठुलो अनि सुन्दर महेन्द्र अर्थात् रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको...
राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
TNV News Update

राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेस गर्नुभयो । सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो ।
तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना : आमा–छोराको मृत्यु
TNV News Update

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना : आमा–छोराको मृत्यु

तनहुँ, ८ माघ । तनहुँमा आज (सोमबार) एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ...
जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन : प्रधानमन्त्री ओली
TNV News Update

जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताउनुभएको छ । सोमबार नेकपा (एमाले)को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान...