Author: Admin

अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई
TNV News Update

अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई

काठमाडौँ, ७ माघ । शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुने बताउनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिनुहुँदै उहाँले शिक्षकहरुको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नुभन्दा पहिलाका शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निवृत्तिभरण ऐनबारे...
प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : प्रचण्ड
TNV News Update

प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : प्रचण्ड

गोरखा, ७ माघ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ । सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो आफू प्रधानमन्त्री हुँदा...
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता
TNV News Update

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता

पोखरा, ७ माघ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो। जिल्ला अदालत कास्कीको आदेशको बदर माग...
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
TNV News Update

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

विराटनगर, ७ माघ । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ । आजको बैठकमा दलका...
रियल मड्रिड ला–लिगा शीर्ष स्थानमा उक्लियो
TNV News Update

रियल मड्रिड ला–लिगा शीर्ष स्थानमा उक्लियो

काठमाडौँ, ७ माघ । केलियन एमबाप्पेको दुई गोलको मद्धतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे...
पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित
TNV News Update

पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित

पर्सा, ७ माघ । पर्साको बहुदरमाई नगरपालिकाभित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ पर्साको अगुवाइमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् । जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनीहरुले विगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन्...
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
TNV News Update

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट, ७ माघ । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका-४ को लतमरीबाट सशस्त्र प्रहरीले आइतबार राति पक्राउ गरेको हो । भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्बर ९ का २६ वर्षीय धनञ्जयकुमार झालाई पक्राउ...
व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो
TNV News Update

व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

काठमाडौँ, ६ माघ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो । गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा...
बैंक र अर्थतन्त्र डुब्दै छ भनेर हावादारी प्रचार गरियो : अर्थमन्त्री पौडेल
TNV News Update

बैंक र अर्थतन्त्र डुब्दै छ भनेर हावादारी प्रचार गरियो : अर्थमन्त्री पौडेल

काठमाडौँ, ६ माघ । अर्थमन्त्री विष्णु पौडेलले यसपालीको बजेटमा विचित्रको अभ्यास गरेको बताउनुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने, बजेट भाषण गर्ने र कार्यान्वयन गर्ने मन्त्री फरकफरक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले...