Author: Admin

टाइगर कप भलिबल : एपिएफको लगातार दोस्रो जित
TNV News Update

टाइगर कप भलिबल : एपिएफको लगातार दोस्रो जित

काठमाडौँ, १४ माघ । विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौँ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको पहिलो खेलमा एपिएफले टिपटप न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गरेको हो । एपिएफले डायमण्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित गर्‍यो ।...
रास्वपाको सचिवालय बैठक आज बस्दै
TNV News Update

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ...
पश्मिना उद्योगी भन्छन्- सरकारी प्रक्रिया झन्झटिलो छ तर उत्साहित छौँ : धनप्रसाद लामिछाने
TNV News Update

पश्मिना उद्योगी भन्छन्- सरकारी प्रक्रिया झन्झटिलो छ तर उत्साहित छौँ : धनप्रसाद लामिछाने

मनिषा बस्नेत काठमाडौँ, १४ माघ । पश्मिना उद्योगीहरुले पश्मिनाका लागि पकेट क्षेत्र घोषणा गर्न माग गरेका छन् । अर्बौँ मूल्यको पश्मिना विदेश पठाइरहेका उद्योगी एवम् व्यवसायीहरुका लागि सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले सरकारले प्रविधि सुरक्षासहित भेडा च्याङग्राको लागि हिमाली भेगमा पकेट...
खुला सीमा सम्वाद समूहले गर्‍यो सीमा क्षेत्रको अवलोकन
TNV News Update

खुला सीमा सम्वाद समूहले गर्‍यो सीमा क्षेत्रको अवलोकन

जनकपुरधाम, १४ माघ । नेपाल–भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ । वरिष्ठ पत्रकार चन्द्र किशोरको नेतृत्वमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा.राजिव झा, प्रवक्ता प्रमोद रंगिले, बाल अभियानी आदित्य झा लागायतको टोलीले विदेह नगरपालिका–२, दुहबीमा रहेको...
जनकपुरधामको एक फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति
TNV News Update

जनकपुरधामको एक फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति

जनकपुर, १३ माघ । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो साढे १२ बजे जनकपुरधामको वडा नम्बर ७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो । आगलागीले लाखौँ मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि...
‘वर्तमान सरकार ०८४ सम्म कायम रहन्छ’
TNV News Update

‘वर्तमान सरकार ०८४ सम्म कायम रहन्छ’

काठमाडौँ, १३ माघ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरु र सरकारलाई ०८४ सम्म नै निरन्तरता दिने विषयमा छलफल भएको बताउनुभयो...
सत्ता पक्षका सांसदहरूका कारण विधेयकहरूमा ढिलाइ भयो : माओवादी
TNV News Update

सत्ता पक्षका सांसदहरूका कारण विधेयकहरूमा ढिलाइ भयो : माओवादी

काठमाडौँ, १३ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरूमा ढिलाई भएको बताएको छ । आइतबार सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् अधिवेशन, विधेयकको अवस्था लगायतका बारेमा सभामुखले चासो राखेको भन्दै ढिलो हुनुको कारण सत्ता...
त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा
TNV News Update

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, १३ माघ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टी२० आई सिरिजको लागि टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टियु क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला...
राजनीति जनतातिर नभइ विदेशी मालिकतिर फर्कियो : विप्लव
TNV News Update

राजनीति जनतातिर नभइ विदेशी मालिकतिर फर्कियो : विप्लव

काठमाडौँ, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै समस्याहरु खेप्न परेको बताउनुभयो ।...