मन्त्रालयको प्रशासन नै फितलो छ, सुधार गरौँ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, ३० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको प्रशासन नै फितलो भएको बताउनुभएको छ । बुधबार २०८१/८२ को दोस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्नुहुँदै उहाँले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो प्रशासन...
नयाँ कानुन आएपछि नेपालमा पानी जहाज व्यवसायिक रुपमा चल्छ : मणिराम भुसाल [भिडिओ]
पानी जहाजको सञ्चालन थप व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ राष्ट्रिय सभाबाट सैद्धान्तिक छलफलबाट पास भएर दफावार छलफलमा जाँदै छ । यसले उत्साहित बनाएको छ । हुनतः पानीजहाजसम्बन्धी ऐन २०२७ सालमा नै आएको थियो । कानुनी व्यवस्थाहरु पनि थिए तर त्यो अपुग थियो । त्यहीँ भएर अहिले...
नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, ३० माघ । नेपाल पुलिस क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लब २४औँ संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोलीमध्ये एक हो । पुलिस र मनाङ...
जनतालाई निष्पक्ष रुपमा छिटो सेवा दिन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवम् छिटो छरितो रुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनको १२औँ महाधिवेशनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्य बोधको भावनाले छिटो सेवा दिन आग्रह गर्नुभयो...
हरेक शिक्षकहरुले आफ्ना विद्यार्थीहरुका लागि सपना देख्नुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ, ३० माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीले मात्र नभएर शिक्षकले पनि आफूले पढाउने विद्यार्थीका लागि सपना देख्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित रेडियन्ट रिडर्स एकेडेमीको रजत जयन्ती २०८१ को समापन समारोहमा बोल्नुहुँदै उहाँले भविष्यमा के बन्न चाहन्छौँ भनेर विद्यार्थीलाई गरिने परम्परागत प्रश्न भन्दा पनि...
नेपाल उच्च शिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
ललितपुर, ३० माघ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल शिक्षाको अब्बल गन्तव्य बन्दै गएको बताउनुभएको छ । उहाँले नेपालमै विद्यार्थीहरुले उच्च शिक्षामा आएको अवसरलाई अधिकतम उपयोग गर्नुपर्ने पनि बताउनुभयो । नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा बुधबार यहाँ आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत् साँस्कृतिक...
जिम गर्नेहरु ‘गुण्डा’ हुन् भन्ने सोच बदलिँँदै गएको छ : जीवन गिरी
जीवन गिरी १०औँ वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा गोल्ड मेडलिष्ट हुनुहुन्छ । नेपालको शारीरिक सुगठन एवम् बडी बिल्डिङतर्फको ठुलो प्रतियोगिता धर्मश्रीमा सन् १९९९ मै उपाधि जित्नुभएका उहाँ पावर लिफ्टिङको अन्तर्राष्ट्रिय जजका रुपमा पनि क्रियाशील हुनुहुन्छ । कपिलवस्तुमा जन्मिनुभएका उहाँ एसिया पावर लिफ्टिङ एसोसिएसनको पूर्वउपाध्यक्ष समेत भइसक्नुभएको छ । सन् २००० मा...
‘रंगी’ले दर्शकलाई रुवाउँछ, बाबु–छोरीको भावना यसमा छ : नम्रता श्रेष्ठ [भिडिओ]
प्रमिला कार्की काठमाडौँ, २९ माघ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो । नेपाल न्यूज बैंकसँग कुराकानी गर्नुहुँदै मिस नेपाल एवम् अभिनेत्री श्रेष्ठले फिल्मको स्क्रिप्टअनुसार आफ्नो क्यारेक्टर मन परेकाले...
बालेन शाहबाट गरिब जनतालाई दुःख दिने काम भयो : अमरेश सिंह
काठमाडौँ, २९ माघ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबाट कुनै विकल्प नदिइकन गरिब बसेको ठाउँ हटाउने गलत काम भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उहाँले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नका लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुःख दिने...