मन्थली नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै पहिलो
रामेछाप, ३ माघ । मन्थली नगरपालिका जिल्लामा कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा मन्थली पहिलो बनेको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजाअनुसार मन्थली नगरपालिकाले ७०.०७ अङ्क प्राप्त गरेको छ । जिल्लाका ८...
लागु औषधसहित ३ जना पक्राउ
सिरहा, ३ फागुन । सिरहा गोलबजार नगरपालिला वडा नम्बर ४ शिव मन्दिरस्थित क्याम्पस रोडबाट लागुऔषध (ब्राउनसुगर) १ ग्राम १९० मिलिग्रामसहित ३ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले क्याम्पस रोडबाट शिव मन्दिरतर्फ आउँदै गरेको स ३ प ६३४४ नम्बरको १२५ मोटरसाइकललाई...
सामाजिक सञ्जाल विधेयक स्वीकार्य छैन, देशभर आन्दोलन चर्किँन्छ : जन्मदेव जैसी
आकांक्षा धामी काठमाडौँ, २ फागुन । श्रमजीवी पत्रकार संघ नेपालले सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयकविरुद्ध दबाबमूलक आन्दोलन गरिरहेको छ । संघका अध्यक्ष जन्मदेव जैसीले विधेयकहरूमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हकलाई बन्देज गर्ने प्रावधानहरू रहेकाले संघले दबाबमूलक आन्दोलन गरेको बताउनुभयो ।...
नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरुङमार्ग, स्मार्ट...
अवैध अस्पताल सञ्चालन गरेको आरोपमा एक जना पक्राउ
जनकपुर, २ फागुन । जनकपुरधाममा अवैध अस्पताल सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोडर्न अस्पताल सञ्चालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बिना दर्ता अस्पताल सञ्चालन गरी बिरामी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...
कलाकार भन्छन्- भ्यालेन्टाइन मनाउने कुनै विशेष दिन कुर्नु पर्दैन
काठमाडौँ, २ फागुन । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रुपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रुपमा मनाउने गरेका छन् । यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरु दिएर माया दर्शाउने र आफूलाई मन परेका व्यक्तिसमक्ष...
कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै...
सवारी प्रदूषण चेकजाँच : अधिकांश सवारी साधन प्रदूषण मापदण्डविपरीत
काठमाडौँ, १ फागुन । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएका छन् । सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण गरिएको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा...
जनयुद्धको बलमा मुलुकमा राजनीतिक क्रान्ति संस्थागत भयो : प्रचण्ड
गुल्मी, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको बताउनुभएको छ । बिहीबार गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटमा निर्मित सहिद शमशेर स्मृति पार्क उद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अब...