बाबुरामलाई ‘बुद्धि नभएको डाक्टर’ भन्दै प्रचण्डको कटाक्ष, एकता असम्भव भएको टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। बुधबार रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा पूर्व सहयात्री बाबुराम भट्टराईसँग सम्भावित पार्टी एकताको विषयमा पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै प्रचण्डले बाबुरामलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनेर चिनिने व्यक्ति बताए। ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले, त्यस्तासँग के गरी एकता गर्ने?’ प्रचण्डले कटाक्ष गर्दै भने।उनले अघिल्लो निर्वाचनमा पार्टी एकताको आश्वासन दिँदै गोरखाबाट उम्मेदवारी दिएको स्मरण गर्दै भने, ‘नारायणकाजी, म र बाबुरामले चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनेका थियौं। तर बाबुरामजीले कम्युनिष्ट पार्टीको नाम नराख्ने अडान लिएपछि एकता असम्भव भयो।’ प्रचण्डले बाबुराम भट्टराईमाथि माक्र्सवाद र कम्युनिष्ट विचार त्याग्दै प्रतिक्रियावादी धारमा गएकाे आरोप पनि लगाए। ‘माक्र्सवाद नबोल्ने, कम्युनिष्ट पार्टी नबोल्ने, अब त पूर्णरूपमा प्रतिक्रियावादीहरूसँगै मिल्नु भएको छ,’ उनले भने, ‘तर तिनले पनि आजभोलि पत्याउँदैनन्। देशभरि हाँसोको पात्र बन्नुभएको छ।’ साथै उनले बाबुरामसँग रहेका कार्यकर्ता माओवादी...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। बुधबार रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा पूर्व सहयात्री बाबुराम भट्टराईसँग सम्भावित पार्टी एकताको विषयमा पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै प्रचण्डले बाबुरामलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनेर चिनिने व्यक्ति बताए।

‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले, त्यस्तासँग के गरी एकता गर्ने?’ प्रचण्डले कटाक्ष गर्दै भने।उनले अघिल्लो निर्वाचनमा पार्टी एकताको आश्वासन दिँदै गोरखाबाट उम्मेदवारी दिएको स्मरण गर्दै भने, ‘नारायणकाजी, म र बाबुरामले चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनेका थियौं। तर बाबुरामजीले कम्युनिष्ट पार्टीको नाम नराख्ने अडान लिएपछि एकता असम्भव भयो।’

प्रचण्डले बाबुराम भट्टराईमाथि माक्र्सवाद र कम्युनिष्ट विचार त्याग्दै प्रतिक्रियावादी धारमा गएकाे आरोप पनि लगाए। ‘माक्र्सवाद नबोल्ने, कम्युनिष्ट पार्टी नबोल्ने, अब त पूर्णरूपमा प्रतिक्रियावादीहरूसँगै मिल्नु भएको छ,’ उनले भने, ‘तर तिनले पनि आजभोलि पत्याउँदैनन्। देशभरि हाँसोको पात्र बन्नुभएको छ।’

साथै उनले बाबुरामसँग रहेका कार्यकर्ता माओवादी केन्द्रमै फर्किने दाबी समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *