शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की
काठमाडौँ, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताउनुभएको छ । आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण...
एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : मन्त्री सिंह
काठमाडौँ, ४ कात्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताउनुभएको छ । आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्यअनुसार धेरै कामहरु गरिसकेको...
कांग्रेस–कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा : उपेन्द्र यादव
जलेश्वर, ४ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माणसम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो । कांग्रेस-कम्युनिस्टले ३५ वर्ष गरेको...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ, ४ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात् ७०.६० प्रतिशत विद्यार्थीले...
मन्त्री सिंहका एकसय दिन : धरहरा सञ्चालन, २५ पालिकाका भवन निर्माण
काठमाडौँ, ४ कात्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनका उपलब्धीहरु सार्वजनिक गर्नुभएको छ । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धिहरुलाई बुँदागत रुपमा सार्वजनिक गर्नुभएको हो । सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा...
‘ज्वाइँ साब’ले हालसम्म कति कमायो ?
काठमाडौँ, ४ कात्तिक । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । फिल्म निर्माण पक्षले आइतबार फिल्मको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । वितरकका अनुसार फिल्मले दोस्रो सातासम्म आइपुग्दा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन...
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौँ, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदै छ । शुक्रबार काठमाडौँस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पुर्याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । लामिछानेविरूद्ध...
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो अन्तिम खेल अगावै टी-२० सिरिज
काठमाडौँ, ४ कात्तिक । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला जितेको छ । निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई...
सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनुपर्छ : डा.संग्रौला
धनकुटा, ३ कात्तिक । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा आफ्नो पक्षमा ल्याउन सकिने औँल्याउनुभएको छ । शनिबार धनकुटामा नेपाली कांग्रेसको एकसय दिने विशेष अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा.संग्रौलाले कांग्रेसका सबै तह र तप्काका कार्यकर्ता एवम् शुभेच्छुकहरु आफ्ना समस्या समाधानमा दृढतापूर्वक लाग्नुपर्ने बताउनुभयो...