Author: Admin

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा
TNV News Update

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौँ, ११ कात्तिक । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जितसहित काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् ।...
सत्ता सौदाबाजीका लागि राष्ट्रियताका सवालमा सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
TNV News Update

सत्ता सौदाबाजीका लागि राष्ट्रियताका सवालमा सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आइतबार आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई...
साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल
TNV News Update

साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

काठमाडौँ, ११ कात्तिक । काठमाडौँमा जारी साफ वुमेन्स च्याम्पियनसिपअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदै छन् । सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुने छ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो...
प्रचण्डलाई ओलीको जवाफः ‘हतियार नचलाए पनि बिसाउने तरिका सिकाउँछौँ’
TNV News Update

प्रचण्डलाई ओलीको जवाफः ‘हतियार नचलाए पनि बिसाउने तरिका सिकाउँछौँ’

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाउनुभएको छ । आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिनुभएको हो ।...
गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत हुन् : गृहमन्त्री लेखक
TNV News Update

गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत हुन् : गृहमन्त्री लेखक

काठमाडौँ, ११ कात्तिक । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका लागि केही गर्न उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ...
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन : मन्त्री अधिकारी
TNV News Update

एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन : मन्त्री अधिकारी

काठमाडौँ, ११ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताउनुभएको छ । आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताउनुभयो । उहाँले...
‘आफ्नै स्वार्थ’का निर्देशक दास भन्छन्- नेपालमा वेभ सिरिजको भविष्य राम्रो छ [भिडिओ]
TNV News Update

‘आफ्नै स्वार्थ’का निर्देशक दास भन्छन्- नेपालमा वेभ सिरिजको भविष्य राम्रो छ [भिडिओ]

काठमाडौँ, ११ कात्तिक । यति बेला बुबाआमा र सन्तानबीचको कथामा बनेको म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’को चर्चा भइरहेको छ । रोशन दासको कथा तथा निर्देशनमा बनेको म्युजिकल फिल्ममा सन्तानको भविष्यका लागि बुबाआमाले गरेको संघर्ष र दुःख, बुढेसकालमा सन्तानको सहाराको आशा र सन्तान हुँदाहुँदै पनि बेसहारा बन्नुपरेको कथा समावेश गरिएको छ ।...
एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल मड्रिड स्तब्ध
TNV News Update

एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल मड्रिड स्तब्ध

काठमाडौँ, ११ कात्तिक । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । आइतबार बिहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जित दर्ता गरेको हो । लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो...
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
TNV News Update

विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, ११ कात्तिक । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ । नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधैँ अमेरिका गएको हो । नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा...