हाम्रो खबरदारीलाई सरकारले बेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड
काठमाडौँ, १० कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । शनिबार काठमाडौँमा आयोजित सरकारविरुद्ध खबरदारी कार्यक्रममा उहाँले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारले...
लिग–२ क्रिकेटका लागि नेपाली टिमको घोषणा
काठमाडौँ, १० कात्तिक । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दै छ । नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिजपछि अमेरिका पुगेको हो । अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय...
नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गर्नुभएको छ । विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश...
हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली
काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । शनिबार ‘राष्ट्रिय जलवायु सम्मेलन २०८१’ लाई सम्बोधन गर्दै उहाँले विश्व कल्याणका लागि भए पनि हिमालको बारेमा चासो दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो पहिचान गर्नुपर्दछ तर सबैको विकास राष्ट्रिय एकताका साथ गर्नुपर्दछ ।...
एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : शेखर कोइराला
काठमाडौँ, १० कात्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अगामी निर्वाचनमा तयारी बिना सत्ता साझेदार दल नेकपा (एमाले)जस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताउनुभएको छ । शनिबार काठमाडौँको शनिबार काठमाडौँको पेप्सीकोलामा काठमाडौँ ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको...
तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
दाङ, १० कात्तिक । तुलसीपुरको साततलेमा यात्रुबहाक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनुभयो...
नेपाल कतारसँग पराजित
काठमाडौँ, १० कात्तिक । एएफसी यू–१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्धको खेलमा कतारका कप्तान जैद फैसलले दोस्रो लगातार खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । खेलको...
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुप लगायतका विषहरुमा छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन...
यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय [सूचीसहित]
काठमाडौँ, ९ कात्तिक । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद्का निर्णयमा बबई सिंचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक...