जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी : प्रधानमन्त्री ओली
काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट पार्नुभएको छ । संयुक्त राष्ट्रसंघ–दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको बताउनुभयो । ‘हामी विश्वस्त...
नेपाल एयरलायन्सलाई चुस्त र प्रभावकारी बनाउन अध्ययन जारी छ : मन्त्री पाण्डे
काठमाडौँ, ८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलायन्सको बारेमा बृहत अध्ययन गरिरहेको बताउनुभएको छ । सरकार गठनपछिका एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङ गर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनका लागि मन्त्रालय प्रयास गरिरहेको बताउनुभयो...
राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ नगरोस् : मन्त्री पौडेल
काठमाडौँ, ८ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तिलाई आवश्यक तालिमहरु प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध
काठमाडौँ, ८ कात्तिक । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री,...
नेपाल जापानसँग फराकिलो अन्तरले पराजित
काठमाडौँ, ८ कात्तिक । नेपालले एएफसी यू–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो । नेपालले खेलको १२औँ मिनेटमा सविनकुमार मगरको...
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै
पोखरा, ८ कात्तिक । सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गर्दै छ । पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो...
संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने मन्त्री पौडेलको निर्णय
काठमाडौँ, ७ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गर्नुभएको छ । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सिटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको...
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित : प्रचण्ड
काठमाडौँ, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ । बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको सय दिन पुगेको छ,...
प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । सो जिल्ला कमिटीले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको...