Author: Admin

महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनाश गर्न हुँदैन : मेयर महर्जन
TNV News Update

महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनाश गर्न हुँदैन : मेयर महर्जन

काठमाडौँ, २३ कात्तिक । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ति (बिइइएन) परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बिइइएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उहाँले महानगरपालिकाको निम्ति बिइइएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ललितपुर...
राज्यको नयाँ संरचनाहरुलाई समेट्नका लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ : तारानाथ दाहाल
TNV News Update

राज्यको नयाँ संरचनाहरुलाई समेट्नका लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ : तारानाथ दाहाल

काठमाडौँ, २३ कात्तिक । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले डिजिटल मिडियाको फैलिँदो अवस्थालाई समेट्नका लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक छलफल कार्यक्रममा उहाँले प्रसारण, डिजिटल मिडियाको फैलिँदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नका लागि प्रेस काउन्सिललाई सुधार...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घन्टा बन्द हुने
TNV News Update

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घन्टा बन्द हुने

काठमाडौँ, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नति गर्ने काम हुने हुँदा शुक्रबारदेखि दैनिक १० घन्टा उडान बन्द गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको...
उपनिर्वाचन : हेटौँडा–१२ मा यस्तो थियो गत निर्वाचनको मत परिणाम, यसपटक कसको पल्ला भारी ?
TNV News Update

उपनिर्वाचन : हेटौँडा–१२ मा यस्तो थियो गत निर्वाचनको मत परिणाम, यसपटक कसको पल्ला भारी ?

हेटौँडा, २३ कात्तिक । निर्वाचन आयोगले रिक्त स्थानमा मंसिर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) मुख्य प्रतिस्पर्धीका रुपमा...
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ
TNV News Update

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

काठमाडौँ, २३ कात्तिक । यसवर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै काठमाडौँ उपत्यका लगायतका क्षेत्रका नदी नदी तलाउ र पोखरीमा रातभर जाग्राम...
रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’
TNV News Update

रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’

काठमाडौँ, २२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवम् सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी निर्वाचनको कार्यतालिका पनि...
देश परिवर्तन गर्न सिंहदरबार छोडेर महायज्ञतर्फ मोडिएका बास्कोटा
TNV News Update

देश परिवर्तन गर्न सिंहदरबार छोडेर महायज्ञतर्फ मोडिएका बास्कोटा

काठमाडौँ, २२ कात्तिक । २०५२ साल असोज २७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यही मन्त्रिपरिषद्‌मा गृहराज्यमन्त्री हुनुहुन्थ्यो -दीपक बास्कोटा । पञ्चायतविरुद्ध लाग्दा जेलयात्रासम्म तय गर्नुभएका बास्कोटा २०५१ मा पाँचथरबाट चुनाव जितेर आएपछि सिंहदरवारस्थित गृहमन्त्रालयसम्म पुग्नुभएको थियो । २०५३ फागुन २९ सम्म सिंहदरबारबाट देशलाई नियाल्नुभएका...
चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : देउवा
TNV News Update

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : देउवा

काठमाडौँ, २२ कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको बताउनुभएको छ । छठ पर्वका अवसरमा बिहीबार शुभकामना व्यक्त गर्नुहुँदै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताउनुभयो । ‘नेपाल...
नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ : अर्थमन्त्री पौडेल
TNV News Update

नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, २२ कात्तिक । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल विश्वविद्यालयको बिहीबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको दायरा नेपालभित्र मात्र नभई सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरी काम गर्न सक्नुपर्ने बताउनुभयो । ‘नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहहरुका...