विष्णु पुराण अनुसार मनुष्यको स्वास्थ्य अवस्था सुधार्ने उपाय यस्तो छ l

हिन्दु धर्मसँग सम्बन्धित थुप्रै ग्रन्थ यस्ता छन् जुन बारे शायद धेरै मानिसहरु अनभिज्ञ छन्। धेरै जसो मानिसहरुलाई महाभारत, रामायण, गरुड पुराण, विष्णु पुराण जस्ता ग्रन्थहरुका बारेमा थाहा छ। तर यससँग जोडिएका अनेक यस्ता धार्मिक ग्रन्थ पनि छ जुन बारे अधिकांस मानिस अनभिज्ञ छन्। विष्णुधर्मोत्तर पुराण एक यस्तो ग्रन्थ हो जसको महत्व तथा उपयोगिता अतुलनीय छ तर अधिकांस मनुष्य यसबाट अनजान भएको कारण यसमा लेखिएका कुराहरु उपयोगमा ल्याउन सकिरहेको छैन। वास्तवमा विष्णु धर्मोत्तर पुराण, विष्णु पुराणको नै शेष संग्रह हो, जसको सम्बन्ध ब्रह्माण्ड विज्ञान, खगोल विद्याको साथ-साथै रीति-रिवाज, तपस्या, रोगव्याधी र तिनको उपचार, युद्ध र व्यवहारसँग पनि छ। धन्वन्तरी, भगवान विष्णुकै अवतार थिए जसलाई आयुर्वेदको जनक पनि मानिन्छ। विष्णुधर्मोत्तरको अनुसार धन्वन्तरीले वाराणसीका राजा दिवोदासलाई आफ्नो समस्त ज्ञान सुम्पिएका थिए। ज्ञान प्राप्ति पश्चात राजाले आफ्नो राजसी जीवन त्याग गरी वन वनमा भौतारिन थाले। उनी आफ्ना शिष्यलाई आफ्नो ज्ञान बाड्दै हिड्न थाले। यसरी नै आयुर्वेद, त्यसमा लेखिएको रोग र तिनको उपचार र रोकथामका...

हिन्दु धर्मसँग सम्बन्धित थुप्रै ग्रन्थ यस्ता छन् जुन बारे शायद धेरै मानिसहरु अनभिज्ञ छन्। धेरै जसो मानिसहरुलाई महाभारत, रामायण, गरुड पुराण, विष्णु पुराण जस्ता ग्रन्थहरुका बारेमा थाहा छ।

तर यससँग जोडिएका अनेक यस्ता धार्मिक ग्रन्थ पनि छ जुन बारे अधिकांस मानिस अनभिज्ञ छन्।

विष्णुधर्मोत्तर पुराण एक यस्तो ग्रन्थ हो जसको महत्व तथा उपयोगिता अतुलनीय छ तर अधिकांस मनुष्य यसबाट अनजान भएको कारण यसमा लेखिएका कुराहरु उपयोगमा ल्याउन सकिरहेको छैन। वास्तवमा विष्णु धर्मोत्तर पुराण, विष्णु पुराणको नै शेष संग्रह हो, जसको सम्बन्ध ब्रह्माण्ड विज्ञान, खगोल विद्याको साथ-साथै रीति-रिवाज, तपस्या, रोगव्याधी र तिनको उपचार, युद्ध र व्यवहारसँग पनि छ। धन्वन्तरी, भगवान विष्णुकै अवतार थिए जसलाई आयुर्वेदको जनक पनि मानिन्छ।

विष्णुधर्मोत्तरको अनुसार धन्वन्तरीले वाराणसीका राजा दिवोदासलाई आफ्नो समस्त ज्ञान सुम्पिएका थिए। ज्ञान प्राप्ति पश्चात राजाले आफ्नो राजसी जीवन त्याग गरी वन वनमा भौतारिन थाले। उनी आफ्ना शिष्यलाई आफ्नो ज्ञान बाड्दै हिड्न थाले। यसरी नै आयुर्वेद, त्यसमा लेखिएको रोग र तिनको उपचार र रोकथामका उपायहरुबारे सम्बन्धित ज्ञानको प्रचार भयो।

विश्वामित्रका पुत्र र महान चिकित्सक सुश्रुत उनकै शिष्य थिए। भगवान धन्वन्तरीका अनुसार मानिस रोगको चपेटामा पर्नुको एकमात्र कारण तिनको निकृष्ट र खराब जीवनशैली हो। यस बाहेक प्रकृतिसँग खेलवाड र खानपानको तरिकामा व्यापक परिवर्तन पनि एक ठुलो कारण बनेको छ। आज हामी तपाईलाई विष्णुधर्मोत्तर पुराणमा उल्लिखित केही यस्तो जानकारी उपलब्ध गराउँछौँ जुन तपाईको स्वास्थ्यको लागि निकै फाइदाजनक साबित हुन्छ।विष्णुधर्मोत्तरको अनुसार मानव शरीरमा जति पनि रोग लाग्छ, तीमध्ये १६० प्रकारका रोगहरु मासुको कारण हुन्छ। मृत शरीरमा धेरै किटाणुले घर बनाउँछ र जब कुनै व्यक्तिले उक्त मासु सेवन गर्छन् तिनले त्यसको परिणाम भोग्नुपर्नेछ।दोस्रो कारण यो हो कि खाना खाने बित्तिकै पानी पिउनु। यो आदतले १०३ प्रकारका रोगहरु उत्पन्न गराउँछ, जसमा हृदय र मस्तिष्कको साथ-साथै कब्जियत जस्तो समस्या पनि सामिल छ। खाना खाएपछि करिब १ घण्टासम्म पानी पिउन हुँदैन ताक खाना पच्न समय मिलोस्।

अहिले दूध चिया लगभग हरेक घरमा बन्छ। तर तपाईलाई थाहा होला कि चियापत्तीलाई दूधसँग मिसाएर पिउँदा हानिकारक हुन्छ। प्राचीन कालमा केवल चियापत्ती उमालेर त्यो पानी पिउने गरिन्थ्यो।

यदि तपाईले पनि त्यस्तै गर्नु भएमा तपाई करिब ८० रोगहरुबाट आफूलाई बचाएर राख्नुहुनेछ। पहिलेका मानिस प्राकृतिक चीज जस्तै माटो र काठबाट बनेका भाँडाकुडामा खाना खान्थे। हातको अञ्जुली बनाई पानी पिउथे तर आजकल फेन्सी भाँडाकुडाको ट्रेन्ड चलिरहेको छ जसमा प्लास्टिक र ग्लास कमन हो। विष्णुधर्मोत्तर अनुसार यी भाँडामा भोजन गर्दा ४८ रोगहरुलाई निम्तो दिनु जस्तै हो। जो मानिस मदिरापान सँग-सँगै चिया र दूध पनि पिउँछन्, उनीहरुको शरीर भित्रैबाट कमजोर भई रोगहरुको घर बन्न जान्छ।

अन्डाको सेवन गर्दा तपाईको मृगौला कमजोर हुन् सक्छ र साथै पत्थरीको समस्या निम्तिन सक्छ। खाना खानेबित्तिकै कदापि नुहाउनु हुँदैन। यसले हाम्रो पाचन क्षमता कमजोर गर्छ। प्राचीन समयदेखि नै स्नान गरेपछि खाना खाने परम्परा छ। हाम्रो ऋषिमुनिहरु कहिल्यै पनि स्नान नगरी भोजन गर्दैन्थे। धेरै जस्तो मानिस मुखबाट सास लिन्छन् तर सास सधैँ नाकबाट मात्र लिनु पर्नेछ।

हाम्रो शरीरको हरेक अंगको आ-आफ्नै भूमिका हुन्छ र सास लिनु हाम्रो नाकको कामहो। स्वस्थ शरीरको लागि यो अत्यन्तै जरुरी छ कि हामी आफ्नो अङ्ग उचित र निर्धारित रुपबाट काम गर्न दिनुपर्छ।जो व्यक्ति मुटुसम्बन्धी रोगबाट पीडित छन् उनीहरुले लौकाको जुस, पुदिना र तुलसीको पात अवश्य सेवन गर्नुहोला। उनीहरुले सामान्य नुनको सट्टा सिरेनुन प्रयोग गर्नु लाभदायक हुनेछ।

आजकलका मानिस पान खान खासै मन पराउँदैनन् तर विष्णुधर्मोत्तरको अनुसार खाना खाईसकेपछि सुप, पान या सख्खर सेवन गर्दा खाना अपेक्षाकृत रुपमा चाँडै पच्छ।पहिले दाउरा बालेर खाना पकाइन्थ्यो जुन शुद्ध रहन्थ्यो। तर आजकल ग्यास र अन्य तरिकाबाट तयार गरिएको भोजन थोरै समयमै आफ्नो शुद्धता गुमाउँछ। पकाएको भोजन लामो समयसम्म यत्तिकै राख्न हुन्न, त्यसलाई तुरुन्तै सेवन गर्नुपर्नेछ।

विष्णुधर्मोत्तरको अनुसार खाना सधैँ माटोको भाँडोमा पकाउनु पर्छ। माटोको भाँडा छैन भने तामा या कासको भाँडामा पकाउनुहोला। यसबाहेक अरु कुनै धातुको भाँडा बिल्कुलै प्रयोग नगर्नुहोला किनकी त्यसले तपाईको शरीरमा नकारात्मक उर्जा सञ्चार गर्दछ।

भोजनमा सिर्फ सिरेनुन प्रयोग गर्नुहोला किनकी अन्य कुनै पनि नुन शरीरको लागि विष साबित हुन् सक्छ। यदि सिरेनुन उपलब्ध छैन भने तपाईले बिरे नुन प्रयोग गर्न सक्नुहुनेछ।
प्रत्येक व्यक्तिलाई दिनमा कम से कम ७-८ घण्टाको निन्द्रा आवश्यक पर्दछ। अन्यथा यो तपाईको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *