कुन राशिका व्यक्तिले घरमा कस्तो बिरुवा रोप्नु शुभ

ज्योतिषाचार्य मनिष शर्माले ग्रह अनुसार स्वामीको शुभ बनाउनका लागि घरमा विरुवा रोप्नु पर्ने बताएका छन्। मेष वा वृश्विक : जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा तातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ। वृष वा तुला : जुन व्यक्तिको राशि वृष वा तुला छ ती व्यक्तिले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ। मिथुन वा कन्या : जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना साना विरुवा रोप्नु राम्रो हुन्छ। कर्कट राशि : कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ। सिंह राशि : सिंह राशि भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ। धनु वा मिन : जुन व्यक्तिको धनु वा मिन राशि हुन्छ, ती व्यक्तिले ग्रह...

ज्योतिषाचार्य मनिष शर्माले ग्रह अनुसार स्वामीको शुभ बनाउनका लागि घरमा विरुवा रोप्नु पर्ने बताएका छन्।

मेष वा वृश्विक : जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा तातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ।

वृष वा तुला : जुन व्यक्तिको राशि वृष वा तुला छ ती व्यक्तिले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ।

मिथुन वा कन्या : जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना साना विरुवा रोप्नु राम्रो हुन्छ।

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ।

सिंह राशि : सिंह राशि भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

धनु वा मिन : जुन व्यक्तिको धनु वा मिन राशि हुन्छ, ती व्यक्तिले ग्रह स्वामी बृहस्पतिको प्रसन्न बनाउनका लागि घरमा पहेलो फूल फुल्ने विरुवा लगाउदा शुभ मानिन्छ।

मकर वा कुम्भ : मकर वा कुम्भ राशि भएका व्यक्तिले शनिदेवलाई प्रसन्न बनाउनका लागि फूल नफूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *