स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ, २० वैशाख । स्रोत नखुलेको २६ लाख ९८ हजार रूपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ । शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रूपैयाँसहित पक्राउ गरिएको उहाँले बताउनुभयो । दुण्वै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ, २० वैशाख । स्रोत नखुलेको २६ लाख ९८ हजार रूपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ ।

शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो ।

त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रूपैयाँसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

दुण्वै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *