राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

काठमाडौँ, ८ माघ । संविधानविद् तथा राजनीतिक विश्लेषक डा.भीमार्जुन आचार्यले राष्ट्रिय झन्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । पछिल्लो समय राष्ट्रिय झन्डा ओढेर आन्दोलन गर्ने, झन्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झन्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उहाँले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ, “राष्ट्रिय झन्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झन्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झन्डा ओडेर देश जलाउने, राष्ट्रिय झन्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनुपर्‍यो । राष्ट्रिय झन्डा ओड्ने ‘कपडा’ होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।” उहाँले राष्ट्रिय झन्डाको मर्यादा र सम्मान कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता कार्यहरूलाई कडाइका साथ निषेध गर्न आग्रह गर्नुभएको छ ।

काठमाडौँ, ८ माघ । संविधानविद् तथा राजनीतिक विश्लेषक डा.भीमार्जुन आचार्यले राष्ट्रिय झन्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय राष्ट्रिय झन्डा ओढेर आन्दोलन गर्ने, झन्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झन्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उहाँले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ, “राष्ट्रिय झन्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झन्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झन्डा ओडेर देश जलाउने, राष्ट्रिय झन्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनुपर्‍यो । राष्ट्रिय झन्डा ओड्ने ‘कपडा’ होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।”

उहाँले राष्ट्रिय झन्डाको मर्यादा र सम्मान कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता कार्यहरूलाई कडाइका साथ निषेध गर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *