नक्कली ‘वर्क पर्मिट’ देखाएर उठाएका थिए करोडौं रकम

२९ पुस, काठमाडौं । एक कन्सल्टेन्सीले नक्कली ‘वर्क पर्मिट’ देखाएर युवालाई बुल्गेरिया र क्रोएसिया पठाउन पैसा उठाएर ठगी गरेको पाइएको छ । काठमाडौं कोटेश्वरस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ ले चार महिनाभित्र रोजगारीका लागि बुल्गेरिया र क्रोएसिया पठाइदिने भन्दै नक्कली वर्क पर्मिट देखाएर ठगी गरेको पाइएको हो । हालसम्म करिब १ सय जनाले त्यसरी ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । त्यसरी ठगिनेमा करिब ३ सय हाराहारी रहेको अनुमान छ । बुझ्न आउनेलाई कार्यालयका कर्मचारीले सुरुमा प्रहरी रिपोर्टमा दूतावासको छाप लगाउन भन्दै २५ हजार रुपैयाँसम्म लिएका थिए । त्यति रकम बुझाएपछि कन्सल्टेन्सीले वर्क पर्मिट दिएको थियो । तर, उक्त वर्क पर्मिट नक्कली थियो । जबकि, वर्क पर्मिट पाएकाले यसअघि बुल्गेरिया तथा क्रोएसिया गएर काम गरिरहेकालाई समेत देखाएका थिए । उनीहरूले समेत ‘यस्तै हुन्छ’ भन्ने जवाफ दिएपछि उनीहरूले थप पैसा दिएका थिए ।

२९ पुस, काठमाडौं । एक कन्सल्टेन्सीले नक्कली ‘वर्क पर्मिट’ देखाएर युवालाई बुल्गेरिया र क्रोएसिया पठाउन पैसा उठाएर ठगी गरेको पाइएको छ ।

काठमाडौं कोटेश्वरस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ ले चार महिनाभित्र रोजगारीका लागि बुल्गेरिया र क्रोएसिया पठाइदिने भन्दै नक्कली वर्क पर्मिट देखाएर ठगी गरेको पाइएको हो ।

हालसम्म करिब १ सय जनाले त्यसरी ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । त्यसरी ठगिनेमा करिब ३ सय हाराहारी रहेको अनुमान छ ।

बुझ्न आउनेलाई कार्यालयका कर्मचारीले सुरुमा प्रहरी रिपोर्टमा दूतावासको छाप लगाउन भन्दै २५ हजार रुपैयाँसम्म लिएका थिए । त्यति रकम बुझाएपछि कन्सल्टेन्सीले वर्क पर्मिट दिएको थियो ।

तर, उक्त वर्क पर्मिट नक्कली थियो । जबकि, वर्क पर्मिट पाएकाले यसअघि बुल्गेरिया तथा क्रोएसिया गएर काम गरिरहेकालाई समेत देखाएका थिए । उनीहरूले समेत ‘यस्तै हुन्छ’ भन्ने जवाफ दिएपछि उनीहरूले थप पैसा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *