एमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा छलफल गरेको छ । पार्टी संस्थापन समूह र विशेष महाधिवेशन प्रतिनिधिका समूहका केही नेताबीच भएको छलफलमा यसबारे कुरा भएको हो । विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया सुरु गरिसकेपछि संस्थापन समूह वार्ताका लागि तयार भएको थियो । सोहीअनुसार आज नेताहरूबीच छलफल भएको थियो । छलफलमा सहभागी एक नेताले भने,’नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने भन्ने विषयमा पनि छलफल भयो । यो विषय पनि सकारात्मक भएको छ ।’ ती नेताका अनुसार संस्थापन समूह गठबन्धन नगर्ने विषयमा लचिलो भएको छ । अहिले छलफलमा भएका विषयबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराउन संस्थापन समूहका नेताद्वय रमेश लेखक र बालकृष्ण खाण देउवा निवास महाराजगञ्ज गएका छन् । वार्तामा संस्थापन समूहबाट लेखक र खाण, शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियार थिए भने विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडे‍ल, देवराज चालिसे, मधु आचार्य र गुरु घिमिरे सहभागी थिए ।...

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा छलफल गरेको छ । पार्टी संस्थापन समूह र विशेष महाधिवेशन प्रतिनिधिका समूहका केही नेताबीच भएको छलफलमा यसबारे कुरा भएको हो ।

विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया सुरु गरिसकेपछि संस्थापन समूह वार्ताका लागि तयार भएको थियो । सोहीअनुसार आज नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा सहभागी एक नेताले भने,’नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने भन्ने विषयमा पनि छलफल भयो । यो विषय पनि सकारात्मक भएको छ ।’

ती नेताका अनुसार संस्थापन समूह गठबन्धन नगर्ने विषयमा लचिलो भएको छ ।
अहिले छलफलमा भएका विषयबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराउन संस्थापन समूहका नेताद्वय रमेश लेखक र बालकृष्ण खाण देउवा निवास महाराजगञ्ज गएका छन् ।

वार्तामा संस्थापन समूहबाट लेखक र खाण, शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियार थिए भने विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडे‍ल, देवराज चालिसे, मधु आचार्य र गुरु घिमिरे सहभागी थिए । उनीहरूबीच आजै फेरि तेस्रो चरणको छलफल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *