सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

सङ्खुवासभा, १३ भदौ । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उहाँले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गर्नुभयो । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवि तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।”

सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

सङ्खुवासभा, १३ भदौ । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उहाँले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गर्नुभयो ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवि तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *