मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रविन्द्र ढाँट

मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रविन्द्र ढाँट

काठमाडौँ, १९ साउन । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रविन्द्र ढाँट स्वदेश फर्किनुभएको छ ।

उहाँ सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । रविन्द्रको स्वागतमा दर्जनौँ समर्थक विमानस्थल पुगेका थिए ।

स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले खेल्नका लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैँ हटेर गएको बताउनुभयो । उहाँले देशवासीहरुका लागि अझै योभन्दा धेरै राम्रो खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेल्नका लागि मैदानमा छिरेपछि डर भन्ने कुरा हुँदैन रहेछ । भित्र छिरेपछि जुध्ने हो, लड्ने हो जसरी नि ढाल्ने हो भन्ने सोचले गएको थिए । सरकारलाई केही भन्दिनँ । यत्रो माया गर्ने दर्शक हुनुहुन्छ । दर्शकहरु र फ्यानहरुको लागि अझै धेरै राम्रो गर्न मन छ । देशवासीहरुका लागि मैले अझै योभन्दा धेरै राम्रो गर्न आवश्यक छ ।’

ढाँट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बन्नुभएको थियो । आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रविन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *