स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको छ : प्रचण्ड

स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको छ : प्रचण्ड

काठमाडौँ १९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्दै फेरि जनतामा जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका निम्ति सिङ्गो मुलुकलाई एकताबद्ध गर्न र अब आउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्न पार्टी एकताबद्ध भएको निष्कर्ष निकालेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *