एयर इन्डियाको विमान दुर्घटना : एक जना सकुशल, २४१ जनाको मृत्यु

एयर इन्डियाको विमान दुर्घटना : एक जना सकुशल, २४१ जनाको मृत्यु

काठमाडौँ, ३० जेठ । भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २४१ जना यात्रुको मृत्यु भएको छ ।

एयर इन्डियाले विमानमा यात्रा गरेका २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको जानकारी दिएको हो । जसमा १२ जना विमानका चालक दलका सदस्य रहेका थिए ।

मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको इयर इन्डियाले जानकारी दिएको छ ।

त्यस्तै, दुर्घटनामा बचेका एक जना यात्रु भारतीय मुलका बेलायती नागरिक रहेका छन् ।

यस दुर्घटनामा विमानमा रहेका यात्रु बाहेक अन्यको पनि मृत्यु भएको र त्यसको आधिकारिक आंकडा आउन भने बाँकी रहेको छ । विमानले अस्पतालको होस्टेलमा ठक्कर दिएकाले होस्टेलमा रहेका धेरै डाक्टरहरु हताहत भएको बताइएको छ ।

भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ बिहीबार दिउँसो भारतीय समय अनुसार १ः३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *