कमाण्डर प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश

कमाण्डर प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौँ, ३० जेठ । अदालतले तीनकुनेमा भएको राजावादीको आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

१५५ पानाको आदेशमा अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, शुशील बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको हो ।

तीनकुने घटनामा प्रतिवादीमध्ये हाल हिरासतमा रहेका अन्य ३२ जनालाई भने धरौटी रिहा गर्न आदेश भएको छ ।

त्यस्तै, तीनकुने घटनामा राप्रपाका सांसद डा.धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भने अदालतमा उपस्थित नै नभएको भन्दै फरार प्रतिवादीको रुपमा राखिएको छ । उनीहरुलाई फरार प्रतिवादीको रुपमा पक्राउ पूर्जी जारी हुने भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । बहस सकिएसँगै बिहीबार मध्यरातमा फैसला आएको हो ।

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।

गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *