संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादीले नै हो : प्रचण्ड

काठमाडौँ, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाँको जिम्मेवारी माओवादी केन्द्रको भएको बताउनुभएको छ । मध्य पहाडी लोकमार्ग अभियानअन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरू भएको भन्दै गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइराखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फेरि एउटा नयाँ बहस, फेरी एउटा नयाँ संघर्ष सुरु भइसकेको छ हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइराखेको छ । यसको रक्षा गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मुख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रिक गणतन्त्र भनेर महिला, उत्पिडित वर्गको पहिचान दियो यसलाई जन्म दियो । त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ । माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ ।’ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने वैचारिक लडाइँ सुरु...

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादीले नै हो : प्रचण्ड

काठमाडौँ, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाँको जिम्मेवारी माओवादी केन्द्रको भएको बताउनुभएको छ ।

मध्य पहाडी लोकमार्ग अभियानअन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरू भएको भन्दै गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइराखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फेरि एउटा नयाँ बहस, फेरी एउटा नयाँ संघर्ष सुरु भइसकेको छ हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइराखेको छ । यसको रक्षा गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मुख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रिक गणतन्त्र भनेर महिला, उत्पिडित वर्गको पहिचान दियो यसलाई जन्म दियो । त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ । माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने वैचारिक लडाइँ सुरु भएको बताउनुभयो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र महिला, दलित, आदिवासी, जनजाति, मजदुर किसान मधेसी, मुस्लिम, थारु सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरु, नोकरशाहहरु, बिचौलियाहरु, जाली भटाहाहरुको गणतन्त्र हुने हो भन्ने लडाइँ अहिले देशमा वैचारिकरुपले गर्न सुरु गरिसकेको छ,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *