खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुर, ७ जेठ । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । बताउनुभयो । कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा मंगलबार दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो । घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताउनुभयो ।

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुर, ७ जेठ । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । बताउनुभयो ।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा मंगलबार दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *