शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम्’, कलाकारले सुनाए अनुभव

आकांक्षा धामी काठमाडौँ, ३ फागुन । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम्’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । फिल्मले एक नवविवाहित जोडीको कथा समेटिएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा अकल्पनीय घटना आउँछ जसले कथावस्तुमा उतारचढाव ल्याउँछ । यो फिल्मलाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ । यसैगरी नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै कलाकार अंकित खड्काले फिल्म ताण्डवम् सबैलाई मनपर्ने फिल्म बनेको बताउनुभएको छ । उहाँले फिल्म ताण्डवमको आफूलाई सबै कुरा मन परेर नै फिल्म गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फिल्म ‘ताण्डवम्’को सबै कुरा मन परेर नै यो फिल्म गरेका हौँ । फिल्म ताण्डवम् सबैलाई मनपर्ने फिल्म बनेको छ । यसमा मेरो क्यारेक्टरको नाम ‘घैटे’हो । जसमा आमाको माया त्यति राम्रोसँग पाएको हुँदैन । आमाप्रतिको सोच फरक छ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ, उसको व्यवहार कस्तो...


आकांक्षा धामी

काठमाडौँ, ३ फागुन । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम्’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो ।

फिल्मले एक नवविवाहित जोडीको कथा समेटिएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा अकल्पनीय घटना आउँछ जसले कथावस्तुमा उतारचढाव ल्याउँछ । यो फिल्मलाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ ।

यसैगरी नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै कलाकार अंकित खड्काले फिल्म ताण्डवम् सबैलाई मनपर्ने फिल्म बनेको बताउनुभएको छ । उहाँले फिल्म ताण्डवमको आफूलाई सबै कुरा मन परेर नै फिल्म गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फिल्म ‘ताण्डवम्’को सबै कुरा मन परेर नै यो फिल्म गरेका हौँ । फिल्म ताण्डवम् सबैलाई मनपर्ने फिल्म बनेको छ । यसमा मेरो क्यारेक्टरको नाम ‘घैटे’हो । जसमा आमाको माया त्यति राम्रोसँग पाएको हुँदैन । आमाप्रतिको सोच फरक छ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ, उसको व्यवहार कस्तो हुन्छ, यसले कस्ता कुराहरु बोकेर हिँड्छ, उसलाई चाहिँ आमाजस्तो देखिनेहरुसँग धेरै नै समस्या हुन्छ । आमाको महत्त्वमा कथा बनेको छ ।’

साथै उहाँले क्यारेक्टर निर्वाह गर्दा आफूलाई निकै गाहे समेत भएको बताउनुभयो । उहाँले सुटिङकै बेला आमाको निधन भएकाले आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा डुब्न निक्कै संघर्ष गर्नुपरेको बताउनुभयो ।

‘मलाई धरै नै गाह्रो भयो । फिल्म सुटिङकै बेला मेरो आमा पनि बित्नुभएको थियो । आमालाई गाली गर्नुपर्ने छ, आमा शब्दलाई निकालेर कसरी गाली गर्ने ? आमा शब्दलाई गाली गर्नै मन थिएन । आमा भन्ने शब्द एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने ? तर मेरो क्यारेक्टर नै आमालाई गाली गर्ने थियो यसमा अलि मलाई असहज त लागेको थियो ।’

साथै उहाँले कलाकारको सबै क्यारेक्टरमा काम गर्नु नै धर्म भएको बताउनुभयो । उहाँले फिल्ममा सबै नयाँ टिम नै स्मरण गर्ने खालको बताउनुभयो । उहाँले नयाँ टिमसँग काम गर्न पाउँदा नयाँ जोश जाँगर सिक्न र नजिक हुन पाए त्यो नै आफ्नो लागि राम्रो पक्ष भएको बताउनुभयो ।

‘कलाकारको सबै क्यारेक्टरमा काम गर्नु नै धर्म हो । प्रत्येक सिनेमाहरुमा केही न केही नयाँ हुन्छ । यो फिल्ममा पनि स्मरण गर्ने धेरै चिजहरु छन् । नयाँ टिमसँग काम गर्न पाउँदा धेरै त्यस्ता सम्झिने पलहरु छन् । निर्देशक नयाँ हुनुहुन्छ, दुई चार जनाभन्दा बाहेक सबै नयाँ छन् । नयाँ जोश जाँगरका साथ फिल्म तयार भएको छ फिल्म लभ स्टोरी, एक्सन थ्रीलब हो, साथीको कथा र मायाप्रेम यसमा छ,’ उहाँले भन्नुभयो, ‘लोकल ठाउँको लोकल र मिडिल परिवारको स्टोरी यसमा देखिने छ ।’

यसैगरी नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै नवअभिनेत्री सरिना मगरले ताण्डवम् चलचित्र एउटा प्याकेजमा बनेको बताउनुभयो । उहाँले फिल्ममा आफ्नो रोल सिम्पल गाउँले केटी जसलाई श्रीमानले एकदमै माया गर्ने केटीको भूमिका रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म ब्युटिसियन पनि हो । फस्ट चलचित्रमा भएको काम गर्न एकदम डर लागेको थियो । बिस्तारै घुलमिल हुँदै सबै जनासँग रिल र रियल लाइभ जस्तो भयो । फिल्ममा ड्रामा र रोमान्स छ । सबै मिक्स छ । मेरो भूमिका सिम्पल गाउँले केटी जसलाई श्रीमानले एकदमै माया गर्ने केटीको छ ।’

साथै उहाँले आफू गाउँमै हुर्किएकाले क्यारेक्टरमा डुब्न सहज भएको बताउनुभयो । काम गर्दा रमाइलोसँगै पहिलो सिनेमा भएकाले डर समेत लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म गाउँमै हुर्किएको भएकाले सजिलो पनि भयो । सबै क्षणहरु स्मरणीय रह्यो । ठुला र चलेका कलाकारहरु पुस्कर गुरुङ, प्रेम सुब्बा, अंकित दाइहरुलाई फिल्ममा मात्र देखेको थिएँ आज रियल लाइफमा काम गर्न पाउँदा खुसी छु ।’

यसैगरी निर्देशक जुनिम गहतराजले फिल्मको नाम ताण्डवम् राख्नुको कारण फिल्मको पात्रको नाम महेश र हिमानी भएकाले ताण्डवम् राखिएको बताउनुभयो ।

उहाँले सतिको मृत्यु भएपछि शिवले ताण्डव गर्नुभएको थियो त्यहीँ प्वाइन्टलाई लिएर केटाको नाम ‘महेश्वर’ शिवको नामबाट र हिमानी ‘सति’को नामबाट राखेर यही विषयमा फिल्म बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले ‘ताण्डवम्’ भन्ने हाम्रो फिल्म छ । फागुन ९ गते आउने त्यसकै कामहरु भइरहेको छ । फिल्मको नाम ताण्डवम् राख्नुको कारण के हो भन्दा हाम्रो फिल्मको पात्रको नाम पनि महेश र हिमानी छ । अनि हामीले के सोचेका थियौँ भने सतिको मृत्यु भएपछि शिवले ताण्डव गर्नुभएको थियो । त्यहीँ प्वाइन्टलाई लिएर केटा महेश्वर शिवको नामबाट र हिमानी सतिको नामबाट राखेर फिल्म बनेको छ । महाशिवरात्रीको समयमा नै ताण्डव मचिनु पर्‍यो नि । ’

साथै उहाँले यो फिल्म शिवको कथा र सतिको संसारको सबैभन्दा ठुलो प्रेमको कथा भएकाले ताण्डव मचाउनकै लागि शिवरात्रीको छेको पारेर प्रदर्शनमा ल्याउन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भ्यालेन्टाइन्स डे भनेको मायाको दिन हो । मायाको बेला माया नै पठाउनु पर्छ भनेर ट्रेलर हालेका थियौँ । अब शिवरात्रीको समयमा ताण्डम मचाउनु पर्‍यो । फिल्ममा शिवको कथा छ । शिव र सतिको संसारको सबैभन्दा ठुलो प्रेमको कथा अझै पनि सबैको मनमा रहेको कथा हो । सन्देशभन्दा पनि एउटा गाँउको सानो कथा हो । शिवले सतिलाई कति माया गर्नुहुन्थ्यो र सतिको लागि के के गर्नुभयो त्यस्तै खालको छ । यो सस्पेन्स, थ्रिलर र लोकल एक्सन रहेको फिल्म हो । ’

ताण्डवम् चल्यो भने अन्य फिल्म पनि निर्देशन गर्ने उहाँले बताउनुभयो । एउटा सानो परिवारको मान्छेले आफ्नो श्रीमतीलाई कसरी माया गर्छ, उसको लागि केसम्म गर्नसक्छ भन्ने कुरा ताण्डवम् फिल्ममा देखाइएको उहाँले बताउनुभयो ।

प्रदर्शनको तयारीमा रहेको फिल्ममा अंकित खड्का र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा फिल्म निर्माण गरेको हो । निर्मातामा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम छन् ।

हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ । कथा, पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *