उज्वेकिस्तानको ब्ल्याक बुल्स बन्यो आहा रारा च्याम्पियन

पोखरा, ३ फागुन । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औँ आहा राराको‌ उपाधि जितेको हो । आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ । यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो । पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाँचौँ पटक उपविजेतामा सीमित बनेको हो । यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरी ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा राराको भने ३ खेल जित्दै फाइनल पुगेको थियो ।

उज्वेकिस्तानको ब्ल्याक बुल्स बन्यो आहा रारा च्याम्पियन

पोखरा, ३ फागुन । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ ।

६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औँ आहा राराको‌ उपाधि जितेको हो ।

आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ । यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।

पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाँचौँ पटक उपविजेतामा सीमित बनेको हो ।

यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरी ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा राराको भने ३ खेल जित्दै फाइनल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *