अप्टिमस ग्लोबलको ब्राण्ड एम्बेसडरमा अनिल साह

काठमाडौँ, १५ माघ । नेपाली क्रिकेट टिमका ओपनर ब्याटर अनिल कुमार साहलाई अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच साहलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । ब्राण्ड एम्बेसडरमा नियुक्त भएसँगै साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले खेल र शिक्षा कतै न कतै जोडिएको विषय समेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा म धेरै नै खुसी भएको छु । मलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकामा धन्यवाद व्यक्त गर्न चाहन्छु । खेल र शिक्षा कतै न कतै जोडिएको छ । कुनै पनि देशमा गएर खेल्दाखेरी एकदमै सपोर्ट पाउँछौँ । जहाँ ८० देखि ९० प्रतिशत विद्यार्थीहरु सपोर्ट गरिरहेको हुन्छन् ।’ साथै उहाँले खेलाडीहरुलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गर्दा आर्थिक सहयोगका साथै करियरमा बुस्ट भइरहेको बताउनुभयो ।

अप्टिमस ग्लोबलको ब्राण्ड एम्बेसडरमा अनिल साह

काठमाडौँ, १५ माघ । नेपाली क्रिकेट टिमका ओपनर ब्याटर अनिल कुमार साहलाई अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच साहलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

ब्राण्ड एम्बेसडरमा नियुक्त भएसँगै साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले खेल र शिक्षा कतै न कतै जोडिएको विषय समेत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा म धेरै नै खुसी भएको छु । मलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकामा धन्यवाद व्यक्त गर्न चाहन्छु । खेल र शिक्षा कतै न कतै जोडिएको छ । कुनै पनि देशमा गएर खेल्दाखेरी एकदमै सपोर्ट पाउँछौँ । जहाँ ८० देखि ९० प्रतिशत विद्यार्थीहरु सपोर्ट गरिरहेको हुन्छन् ।’

साथै उहाँले खेलाडीहरुलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गर्दा आर्थिक सहयोगका साथै करियरमा बुस्ट भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *