रुखबाट लडेका र नदीले बगाएकाहरुलाई सहिदमा गणना गरियो : पूर्णबहादुर घर्ती

काठमाडौँ, १५ माघ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहिद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ चित्रकला प्रदर्शनीमा उहाँले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भए पनि संघीयताको अभ्याससम्बन्धी आवश्यक नियम कानुन बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको छ । राजनीतिक संघीयता देशमा प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न सकिरहेका छैनौँ । त्यसका लागि आवश्यक नियम कानुन पनि बन्न सकिरहेको छैन । निजामति ऐन अझै पनि छलफलको अवस्थामा छ, प्रहरी समायोजन ऐन अझै पनि सदनबाट पारित गर्न सकि रहेका छैनौँ । यस्तै, शिक्षा ऐन पनि समितिमा विचाराधिन अवस्थामा छ । संघीय प्रणालीलाई व्यवस्थित र सबल बनाउनका लागि आवश्यक कानुन निर्माण गर्न जरुरी छ ।’ यसका साथै उहाँले पछिल्लो राजनीतिक परिवर्तनपछि रुखबाट लडेका, नदीले बगाएकाहरु पनि सहिदको नाममा गणना...

काठमाडौँ, १५ माघ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहिद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ चित्रकला प्रदर्शनीमा उहाँले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भए पनि संघीयताको अभ्याससम्बन्धी आवश्यक नियम कानुन बन्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको छ । राजनीतिक संघीयता देशमा प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न सकिरहेका छैनौँ । त्यसका लागि आवश्यक नियम कानुन पनि बन्न सकिरहेको छैन । निजामति ऐन अझै पनि छलफलको अवस्थामा छ, प्रहरी समायोजन ऐन अझै पनि सदनबाट पारित गर्न सकि रहेका छैनौँ । यस्तै, शिक्षा ऐन पनि समितिमा विचाराधिन अवस्थामा छ । संघीय प्रणालीलाई व्यवस्थित र सबल बनाउनका लागि आवश्यक कानुन निर्माण गर्न जरुरी छ ।’

यसका साथै उहाँले पछिल्लो राजनीतिक परिवर्तनपछि रुखबाट लडेका, नदीले बगाएकाहरु पनि सहिदको नाममा गणना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सपुतहरुले जुन आफ्नो ज्यान दिनुभयो उहाँहरुको रगत पसिनामा हामी उभिएका छौँ र हामीले लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । यसो भन्दै गर्दा सहिदहरुको वर्गीकरण पनि हुन्छ । पछिल्लो राजनीतिक परिवर्तनपछि कतिपय मान्छे रुखबाट लडेकाहरु पनि सहिदको नाममा गणना गरिएको हुन्छ, नदीले बगाएकाहरु पनि सहिदको नाममा गणना भएका छन् ।’

नेताहरुको भाषणभन्दा एउटा चित्रले निकै राम्रो कुरा बोलेको भन्दै यहाँ रहेका चित्रहरुमा निकै गहिरो भावहरु रहेको पनि उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *