सुर्खेत । सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम) मा आगलागी भएको हो ।आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।एक्कासि आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
Related Posts

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
खाँदबारी, ९ असार । सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण...

परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई शुद्धोदन गाउँपालिकाद्वारा सम्मान
बुटवल । शुद्धोदन गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई सम्मान गरेको...

समृद्ध मुलुक निर्माणका लागि ऊर्जा र सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ : मन्त्री खड्का
काठमाडौँ ९ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले...