लण्डन । बोर्नेमाउथमाथि सहज जित हासिल गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा आर्सनल ३–० गोलले विजयी बनेको हो ।पहिलो हाफमा पूर्ण नियन्त्रण बनाएको आर्सनलले हाफटाइमको ठिकअघि बुकायो साकाको पेनाल्टीमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको ७० औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले टोलीको अग्रता दोब्बर बनाए ।इन्जुरी समयमा डेक्लन राइसले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको बोर्नेमाउथका लागि डोमिनिक सोलांकेको प्रहार आर्सनलका गोलकिपर डेभिड रायाले बचाऊ गरेका थिए ।३६ खेलपछि आर्सनलको ८३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७९ अङ्क छ । तर, सिटीले दुई खेल कम खेलेको छ । सिटीले शनिबार नै वूल्भ्सको सामना गर्दैछ
आर्सनललाई ४ अङ्कको अग्रता
Related Posts

रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते
रौतहट, ९ असार । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक...

ओमसतियाले ल्यायो ४९ करोड २५ लाखको बजेट
भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि...

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो सर्त हो : उपसभापति डा.वाग्ले
काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति...