प्रचण्डको प्रश्न : बन्दुकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

काठमाडौँ, २९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्‌मा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धि ठानेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “परिणामका दृष्टिले सानो ठुलो जो–जेसुकै भए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ, महत्त्वपूर्ण रहने छ ।” प्रचण्डले विगत र वर्तमानबिच तथ्याङ्कमै आधारित रहेर तुलना गर्दै संसद्‌को रूपान्तरणलाई स्पष्ट पार्नुभयो । आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठुलो उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ, क्रान्तिले लेखिएको छ । पिठ्यूँमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ । मैले त्यसै भन्ने गरेको...

प्रचण्डको प्रश्न : बन्दुकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

काठमाडौँ, २९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्‌मा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धि ठानेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, “परिणामका दृष्टिले सानो ठुलो जो–जेसुकै भए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ, महत्त्वपूर्ण रहने छ ।”

प्रचण्डले विगत र वर्तमानबिच तथ्याङ्कमै आधारित रहेर तुलना गर्दै संसद्‌को रूपान्तरणलाई स्पष्ट पार्नुभयो ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठुलो उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ, क्रान्तिले लेखिएको छ । पिठ्यूँमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ । मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसद्‌मा जसको प्रवेश भए पनि म आफैँ प्रवेश गरेजस्तो लाग्छ । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ?”

पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार आफूलाई रहेको बताउँदै प्रचण्डले क्रान्तिको मसाल आफ्नै रगतले बालेको स्मरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *