कोरला नाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ, ३० चैत । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जिपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ । कोरला नाकानजिकै अनियन्त्रित भइ आज बिहान जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरला नाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरला नाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

कोरला नाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ, ३० चैत । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जिपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।

कोरला नाकानजिकै अनियन्त्रित भइ आज बिहान जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरला नाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो ।

घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरला नाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *