मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ, २१ फागुन । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान सम्पन्न भएको छ । मुस्ताङमा ५६.४७ प्रतिशत मत खसेको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा आज बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार कुल ६ हजार ३९७ मत खसेकामा महिला तीन हजार १७० र पुरुष तीन हजार २२६ जना र एक मतदाना अन्य रहेका छन् । मतदान सम्पन्न भएसँगै जिल्लाका पाँचवटै स्थानीय तहबाट मतपेटिका सङ्कलन सुरु भएको छ । तल्लो मुस्ताङको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा सङ्कलनको काम भइरहेको छ । मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठक बसेर मतगणनाको काम सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ, २१ फागुन । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान सम्पन्न भएको छ । मुस्ताङमा ५६.४७ प्रतिशत मत खसेको छ ।

जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा आज बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार कुल ६ हजार ३९७ मत खसेकामा महिला तीन हजार १७० र पुरुष तीन हजार २२६ जना र एक मतदाना अन्य रहेका छन् ।

मतदान सम्पन्न भएसँगै जिल्लाका पाँचवटै स्थानीय तहबाट मतपेटिका सङ्कलन सुरु भएको छ । तल्लो मुस्ताङको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा सङ्कलनको काम भइरहेको छ । मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठक बसेर मतगणनाको काम सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *