धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई

धरान, ९ फागुन । धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पार्नुभएको छ । धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभएको हो । उहाँहरुलाई नगद ६० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ । पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दुरी पार गर्नुभयो । उहाँहरुलाई पुरस्कारस्वरुप नगद ४० हजार रूपैयाँ प्रदान गरिएको छ । त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरुलाई ३० हजार रूपैयाँ प्रदान गरियो ।

धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई

धरान, ९ फागुन । धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पार्नुभएको छ ।

धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभएको हो । उहाँहरुलाई नगद ६० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दुरी पार गर्नुभयो । उहाँहरुलाई पुरस्कारस्वरुप नगद ४० हजार रूपैयाँ प्रदान गरिएको छ ।

त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरुलाई ३० हजार रूपैयाँ प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *